शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

यी १९ हाइड्रोपावर कम्पनीले बढाए प्रतिसेयर आम्दानी, सबैभन्दा बढी रिडी पावरले बढाउँदा अन्यको कति? 

सोमबार, भदौ ६ २०७९
यी १९ हाइड्रोपावर कम्पनीले बढाए प्रतिसेयर आम्दानी, सबैभन्दा बढी रिडी पावरले बढाउँदा अन्यको कति? 

काठमाडौं- सेयर बजारमा लगानीकर्तालाई लाभांश दिन नसक्ने क्षमताको हुने गरेको भन्दै हाइड्रोपावर कम्पनीहरूमाथि  आरोप लागेको छ।

यस्तोमा गतवर्षको वित्तीय विवरणमा ४६ हाइड्रो कम्पनीमध्ये १९ कम्पनीको भने प्रतिसेयर आम्दानी बढाएका छन्। जसमा सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनी रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ४९.२१ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ३६.७७ रुपैयाँ मात्रै रहेको थियो। 

वित्तीय विवरण अनुसार माउन्टेन इनर्जी लिमिटेडको २६.७१ रुपैयाँले बढेर ३१.०५ रुपैयाँ पुगेको छ। पाँचथर पावर १२.८३, माउन्टेन हाइड्रो १०.१०, दिब्यश्वरी हाइड्रोपावर ४.९२, नेपाल हाइड्रो डेभलोपर ३.२९, स्वेतगंगा हाइड्रोपावर ३.२२, रुरु जलविद्युत ३.०५ र सानिमा माई हाइड्रोपावरको इपिएस ३४.०१ रुपैयाँले बढेको छ। 

कुनको कति बढ्यो? 

कम्पनी गत आर्थिक वर्ष अघिल्लो वर्ष
रिडी पावर  ४९.२१ १२.४४
माउन्टेन इनर्जी ३१.०५  ४.३४
पाँचथर हाइड्रो १६.७३ ३.९०
माउन्टेन हाइड्रो ११.७३ ३.९०
दिव्यश्वरी –६.५७ –११.४९
नेपाल हाइड्रो १०.३२ ७.०३
श्वेत गंगा –१.७० –४.९२
रुरु जलविद्युत २०.७५  १७.७०
सानिमा माई १७.५९ १४.४८
युनियन हाइड्रो ४.०० १.०१
आँखुखोला ३.१० ०.१३
बिन्ध्याबासिनी १२.६१ ९.६८
न्यादी हाइड्रो ०.९१ –२.००
रिभर्स फल्स –१.१३ –२.००
नेशनल हाइड्रो –१.०६  –१.६०
बरुण हाइड्रोपवार  –०.०१ –०.२८
बलेफी हाइड्रो –०.०१ –०.२८
चिलिमे हाइड्रो ११.३७   ११.१७
अरुण भ्याली  ५.२० ५.१३

    


प्रकाशित : सोमबार, भदौ ६ २०७९०१:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend