शनिबार, वैशाख ८ गते २०८१    
images
images

एटीएम मेसिन तोडफोड गरी नगद चोरी गरेको अभियोगमा एकजना पक्राउ 

images
बिजनेस न्युज
images
एटीएम मेसिन तोडफोड गरी नगद चोरी गरेको अभियोगमा एकजना पक्राउ 
images
images

कास्की- पोखरा महानगरपालिका-३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटीएम तोडफोड गरी २ वटा क्यासकेट र नगद चोरी गरेको अभियोगमा नवलपरासी(पूर्व) देवचुली नगरपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिस तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

पोखरा महानगरपालिका- २७ तालचोकस्थित एनआइसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटीएम मेसिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो।

images

साथै प्रहरीले घटनामा प्रयोग भएको ग.१० प २९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। उक्त घटनामा चोरी भएको क्यासकेट पोखरास्थित बिचारी चौतारामा फेला परेको  थियो। उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ। 

images

images

प्रकाशित : आइतबार, भदौ ५ २०७९११:४०
प्रतिक्रिया दिनुहोस