शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

उतारचढावबीच गएको साता वृद्धि देखिएको सेयर बजारमा यो साताको सुरुवात देखिएन सुखद

आइतबार, भदौ ५ २०७९
उतारचढावबीच गएको साता वृद्धि देखिएको सेयर बजारमा यो साताको सुरुवात देखिएन सुखद

काठमाडौं- गएको साता उतारचढावका बीच वृद्धि देखिएको सेयर बजारमा यो साताको सुरुवातमा झिनो अंकको गिरावट देखिएको छ। गएको साता बजारमा समग्रमा ३०.४९ अंकको वृद्धि देखिएको थियो। बजारले सुधारको स्थायी आधार भेट्न नसक्दा लगातार उतारचढाव भइरहेको विश्लेषकहरू बताउँछन्। 

आइतबार ७.७२ अंकको गिरावटसँगै बजार २०६०.५५ बिन्दुमा झरेको छ। २ अर्ब ४ करोड रुपैयाँको कारोबार हुँदा ४७ कम्पनीको सेयर मूल्य बढेको छ। १३२ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

साताभर उतारचढावमा देखिएको सेयर बजारमा बिहीबारको अन्तिम कारोबारमा हरियाली देखिएको छ। बिहीबार २७.७२ अंकको वृद्धिसँगै साताभरको समग्र अवस्था सुखद देखिएको छ। साताभरमा बजारमा ३०.४९ अंकको वृद्धि देखिएको छ। 

गएको साता आइतबार २७.९२ अंकले घटेको बजार सोमबार ५५.८८ अंकले बढेको थियो। मंगलबार २४.८३ अंकले घटेको बजार बुधबार पनि शून्य दशमलव ३६ अंकले घटेर थामिएको थियो। गएको साता अन्तिम कारोबारमा बिहीबार २७.७२ अंकको वृद्धि देखिएको थियो।

अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै जाँदा पुँजी बजारले भने अपेक्षाकृत बाटो समात्न सकिरहेको छैन। पुँजी बजारमा जोडिने लगानीकर्ताको संख्या बढेर बहुपक्षीय चासोमा परिरहँदा पनि बजारको उतारचढाव स्वभाविक हुन सकिरहेको छैन। विश्लेषकहरूका अनुसार बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन सकेको छैन। 


प्रकाशित : आइतबार, भदौ ५ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend