शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

वाणिज्य बैंकहरूले एक वर्षमा कर्मचारीको तलब भत्तामा खर्चिए ४७ अर्ब

कुन बैंकले कति खर्च गरे? 

आइतबार, भदौ ५ २०७९
वाणिज्य बैंकहरूले एक वर्षमा कर्मचारीको तलब भत्तामा खर्चिए ४७ अर्ब

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २६ वटा बाणिज्य बैंकमध्ये सबैभन्दा धेरै एनआईसी एसिया बैंकले खर्च देखाएको छ। एनआईसीले गएको वर्ष ३ अर्ब ८३ करोड रुपैयाँ यो शीर्षकमा खर्चिएको छ। 

काठमाडौं- वाणिज्य बैंकहरूले कर्मचारीको तलब भत्तामा ४७ अर्ब खर्चिएका छन्। 

आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरूले ४७ अर्ब १७ करोड २० लाख रुपैयाँ तलब भत्ता तथा सुविधामा खर्च गरेका छन्। 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २६ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै एनआईसी एसिया बैंकले खर्च देखाएको छ। एनआईसीले गएको वर्ष ३ अर्ब ८३ करोड रुपैयाँ यो शीर्षकमा खर्चिएको छ। 

दोस्रोमा कृषि विकास बैंक छ। यो बैंकले ३ अर्ब १४ करोड खर्चिएको छ। वर्षमा २ अर्बभन्दा बढी तलब, भत्ता तथा सुविधामा खर्च गर्ने ८ वटा मात्र छन्। राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, प्रभु, नेपाल बैंक तथा सिद्धार्थ बैंक यो सूचीमा छन्। नबिल र इन्भेष्टमेन्ट बैंकले भने गएको वर्ष कर्मचारीको तलब सुविधामा १ अर्ब ९३ करोड खर्च गरेका छन्। 

कर्मचारीको तलब सुविधामा सबैभन्दा न्यून खर्च गर्ने स्ट्यान्डर्ड चार्टर्ड बैंक छ। यो बैंकले ९० करोड मात्र खर्च गरेको छ। स्ट्यान्डर्ड चार्टर्डको भन्दा धेरै मुक्तिनाथ विकास बैंकले धेरै खर्च गरेको छ। 


प्रकाशित : आइतबार, भदौ ५ २०७९०८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend