मंगलबार, वैशाख ११ गते २०८१    
images
images

सेयर बजार बढ्ने भन्दा घट्ने दर धेरै, सतही सूचनाले डुब्दै लगानीकर्ता

images
images
images
सेयर बजार बढ्ने भन्दा घट्ने दर धेरै, सतही सूचनाले डुब्दै लगानीकर्ता

प्राविधिक विश्लेषकहरुले इन्टरमिडियट करेक्सन भनेता पनि बजार सुधार हुने आधारहरु अझै बनिसकेको छैन। अर्बौ रुपैयाँको पोर्टफेलियो बनाउनेहरु अहिले करोडमा सिमित हुँदै गइरहेका छन्।

images
images

काठमाडौं- सेयर बजार बढ्ने भन्दा घट्ने दर धेरै छ। लगातार ओरालो लागिरहेको सेयर बजारमा विगत डेढ महिनाको अवधिमा मात्रै ५६७ अंकले तल झरिरहेको छ। 

images
images
images

प्राविधिक विश्लेषकहरुले इन्टरमिडियट करेक्सन भनेता पनि बजार सुधार हुने आधारहरु अझै बनिसकेको छैन। अर्बौ रुपैयाँको पोर्टफोलियो बनाउनेहरु अहिले करोडमा सीमित हुँदै गइरहेका छन्।

images

बैंकहरुको मार्जीन कलले तनावमा रहेका लगानीकर्ता बजार अलिकति सुधार हुने वित्तीकै बिक्री गरेर बाहिरिन खोजिरहेका छन्। दुई वर्षको अवधिमा राम्रो कमाएका लगानीकर्ता बढेको मौका छोपेर बिक्री गर्न खोजिरहेका छन् भने केही ठूला लगानीकर्ताहरु बजार अझै तल झर्ने आँकलन सहित पर्ख र हेरको अवस्थामा छन्। बजार अहिले नै सुधार हुन थाल्यो भने नटिक्ने आँकलन सहित उनीहरुले सेयर खरिद गरिरहेका छैनन्। 

images

गत साता बजार विश्लेषक बिष्णुप्रसाद बस्यालले नेप्से सूचक २६०७ अंक हाराहारी पुगेर फर्किएको र त्योभन्दा तल नझर्ने आँकलन गरेका थिए। सोहि अवधिमा उनले सेयर बजार ४ हजारभन्दा माथि पुग्ने आँकलन गरेका थिए। तर उनको यो आँकलन एक हप्ता पनि टिकेन। अहिले उनी सेयर बजारमा इन्टरमिडियट करेक्सन देखिएको र यो अझै केही समय तल्लै अवस्थामा रहने भन्दै विश्लेषण गरिरहेका छन्। 

images
images

अहिलेको बजार अवस्थालाई हेर्दा एक दुई दिन २६०० भन्दा माथि रहन सक्यो भने बजार एक पटक २७५० सम्म पुग्छ।

पछिल्लो समय २५८० को सपोर्ट बनाएर माथि गएको थियो। बजार अझै पनि माथि जान सकेन भने त्यस पछिको सपोर्ट लेभल २५ सय हुने उनको आँकलन छ। यदि बजार २५ सय बाट पनि तल झर्यो भने अर्को सपोर्ट बिन्दु २३७० रहेको हुँदा अबको केही समय २५ सयदेखि २४५० सम्म तल झरेर फर्किने उनको आँकलन छ। 

प्राविधिक तथा सैद्धान्तिक विश्लेषकहरुले सेयर बजार २६ अंकभन्दा तल नझर्ने आँकलन गर्दै गर्दा छोटो अवधिमै ५६७ अंकको पहिरो गइसकेको छ। यस अवधिमा न त प्राविधिक विश्लेषणले काम गरेको छ न त सैद्धान्तिक विश्लेषण। बजार बढ्दा सेयरको सामान्य जानकारी नभएकाहरुले पैसाको बलमा करोडौँ रुपैयाँ कमाइ गरे। अहिले तिनै लगानीकर्ताले दिन दिनै गुमाइ रहेका छन्। 

बजार विश्लेशक रविन्द्र भट्टराईका अनुसार लगानीकर्ताले सामान्य अध्ययन चाँही गर्ने पर्ने हुन्छ। लगानी जहाँ गरे पनि निर्णय लिने लगानीकर्ताले नै हो। यहि निर्णयका लागि पनि लगानीकर्तामा सेयर बजारको सामान्य ज्ञान हुनै पर्छ। लगानीकर्ताले मैले सेयर किनेको थिएँ साह्रै दुःख पाएँ भन्न पाउँदैन। जे जे भने पनि अन्ततः डुब्ने लगानीकर्ताहरु नै हुन्।

प्रायः लगानीर्ताको सेयर खरिदरबिक्री गर्ने निर्णय सामाजिक सञ्जालहरुमा भएका सूचनाका आधारमा परिचालित हुने गरेको पाइन्छ। लगानीकर्ताले सामाजिक सञ्जालमा आएका सूचनामा भर परेर प्रकाशन गर्ने भन्दा पनि अध्ययन गरेर मात्रै खरिद बिक्री गर्न गर्नु पर्ने विश्लेषक भट्टराइ बताउँछन्।

अर्कोतर्फ प्राविधिक विश्लेषणका आधारमा लगानी गर्नेहरु धेरै हुन्छन्। बजार घट्दो क्रममा रहँदा उक्त विश्लेषणले पनि घट्ने आँकलन गर्छ बजार अधिकतम उचाहीमा रहेको समया पनि बजार अझै माथि पुग्ने आँकलन गर्छ। त्यसैले प्राविधिक विश्लेषणमा मात्रै आधारित भएर कारोबार गर्दा फस्ने सम्भावना उत्तिकै रहन्छ।

अर्को सैद्धान्तिक विश्लेषकहरुले सबैभन्दा धेरै राजनीतिक घटनाक्रमलाई आधार बनाएका हुन्छन्। तर सेयर बजारमा राजनीतिक परिवर्तनले असर पार्ने भन्ने कुरा चौतारीका चिया गफ मात्रै भएको विश्लेषक अधिकारीको तर्क छ। यो पार्टी आउँदा बढ्छ, अर्को पार्टी आउदाँ घट्छ भन्ने कुराहरू भ्रम मात्रै भएको उनी बताउँछन्। 

काँग्रेसको सरकार आयो भने बढ्छ भनेर हल्ला चलाइन्छ। अहिले काँग्रेसकै सरकार हुँदा सेयर बजार तल झरिरहेको छ। हिजोका दुई वटा अधिकतम बिन्दुको रेकर्ड नेकपा एमाले तथा नेकपाकै सरकार हुँदा बढेको हो। अहिले काँग्रेसकै सरकार त छ नि, तर सेयर बजार घटेको छ।

सेयर बजार जब जब उकालो लाग्छ त्यस पछि कृतिम रुपमा बढाइयो भन्दै विश्लेषण हुने गर्छ। अझ अर्थमन्त्री जनार्दन शर्माले नै चार्टर्ड एकाउन्टेण्टको एउटा कार्यक्रममा अहिलेको सेयर बजार हाबा भरिएको बेलुन जस्तै हो भन्छन् भन्नै टिप्पणी गरेका थिए। तर सेयर कारोबारमा कृत्रिम, अस्वभाविक भन्ने हुँदै नहुने विश्लेषक भट्टराई बताउँछन्।

उनी भन्छन् ‘यी सबै भ्रम र हल्ला मात्रै हुन्। केही दिनयता बैंकहरूले कृत्रिम निक्षेप बढाएका समाचारहरू आइरहेका थिए। त्यस्तो किसिमको फन्डा सेयर बजारमा देखिँदैन। सेयर भनेको कति बिक्री र कति खरिद तुरुन्तै अर्डर गरेर कारोबार हुने विषय हो। सेयरको मूल्य घट्ने बढ्ने भन्ने कुरा त बिक्रीको चाप बढेपछि घट्छ। खरिदको चाप बढेपछि सेयर बढ्छ। यो त सर्वमान्य स्वभाविक विषय हो।‘ 

किन्नेहरू धेरै आइरहेका छन् भने कस्ले बिक्री गर्छन् त्यस्तै बिक्री गर्नेहरू धेरै भएपनि खरिद गर्नेहरू पनि घटाएर किन्न खोज्छन्। त्यसैले यो कृत्रिम नहुने उनको दाबी छ। बजार राम्ररी नबुझ्नेहरू सतही सूचनाको पछि लाग्छन्। तर जहाँ जे भए पनि लगानीकर्ताको निर्णय आफ्नै हो। अहिले कतिपय लगानीकर्ताहरू कहाँ जाँदै छु भन्ने कुरा ख्याल नगरी लगानी गर्ने पनि गरेकाले पनि उनीहरुलाई गतल बाटोमा पुर्याउने भट्टराई बताउँछन्।

बजार जब जब तल झर्छ त्यस पछि सकारात्मक सन्टेमेन्ट प्रवाह गर्न विभिन्न ऐजेन्डालाई अगाडी सार्ने गरिन्छ। अघिल्लो पटकको वियरिस ट्रेण्डमा सेयर बजारमा अनलाइन प्रणाली लागु गर्ने हो भने बजार बढ्ने आकलन गरिएको थियो। त्यस्तै अहिले लगानीकर्ताका विश्लेषकहरु बैंकलाई ब्रोकर लाइसेन्सको एजेण्डा अगाडी सारिरहेका छन्। रविन्द्र भट्टराइका अनुसार बजार बढाउने हो भने बैंकलाई ब्रोकर लाइसेन्स दिनै पर्ने बताउछन्।

यसले सेयर बजारलाई अझ ठूलो, विस्तारित र प्रविधियुक्त बनाउने उनको तर्क छ। यहाँ नयाँ ब्रोकर ल्याउने कुराहरूमा धितोपत्र बोर्डका निलम्बित अध्यक्षको मानसिकता र स्वार्थ अर्कै छ। उनीहरू पैसा बटुल्ने माध्यम मात्रै खोजिरहेको हुँदा बैंकलाई ब्रोकर लाइसेन्स दिनबाट रोकिएको उनी बताउँछन्।  

images

प्रकाशित : आइतबार, असोज १७ २०७८०१:४९
  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # सेयर


  • प्रतिक्रिया दिनुहोस