शुक्रबार, चैत १६ गते २०८०    
images
images

माथिल्लो तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्दै

images
images
माथिल्लो तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्दै
images
images

काठमाडौं- माथिल्लो तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। हाइड्रोपावरको चौधौँ वार्षिक साधारण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

images
images
images

काठमाडौंमा शुक्रबार भएको वार्षिक साधारणसभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ। 

images

७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि बढेर ऋणको भार बढी ऋण र पुँजीको अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन‍्।

images
images

रोल्वालिङ ड्राइभर्सन, रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण र माथिल्लो तामाकोसी आयोजनाको लागि अपुग रकम अल्पकालीन ऋण लिएर सम्पन्न गरिएको हुँदा सो ऋण चुक्ता गर्नका लागि वित्तीय व्यवस्थापन गर्न आवश्यक देखिएकोसमेत उनले बताए।

उनले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि विद्युत् गृहबाट निस्कने पानीलाई करिब ८ किमि सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोसी पाँचौँ आयोजना निर्माण गर्ने नेपाल विद्युत् प्राधिकरणको लक्ष्य रहेको बताए। उनले त्यसको लागि पनि तामाकोसी जलविद्युत् सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको बताए।

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान दुई/दुई प्रतिशत सेयर रहेको छ। यस्तै सर्वसाधारणको १५ प्रतिशत दोलखा जिल्लावासीको १० प्रतिशत तथा २४ प्रतिशत सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको रहेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रूपैयाँ छ। हकप्रद निष्कासनपश्चात चुक्ता पुँजी २० अर्ब ५८ करोड रूपैयाँ पुग्नेछ। अहिले माथिल्लो तामाकोसीको सेयर मूल्य ४ सय ७४ रुपैयाँ रहेको छ। तामाकोसीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भइसकेको छ।

images

प्रकाशित : शुक्रबार, भदौ ३ २०७९१०:०४

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ