सोमबार, जेठ २२ गते २०८०

श्रममन्त्री कुँवरले आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने

images
images
विजनेस न्युज
श्रममन्त्री कुँवरले आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने
images
images
images

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने भएका छन्।

images
images
images

मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्नुहुने मन्त्रालयले जनाएको छ।

उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ।

images

श्रमिकले पैसा नलाग्ने १११४ नम्बरमा टेलिफोन गरेर श्रममन्त्री कुँवरसँग गुनासो र उजुरी राख्न सक्नेछन्। त्यस्तै पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१५००५, ५९७००८ र ९८०१८०००१३ मा फोन गर्न सकिने छ। मन्त्री कुँवर उपत्यका बाहिर रहेको समयमा भने कार्यक्रम सञ्चालन नगरिने मन्त्रालयले जनाएको छ। 

images

प्रकाशित : शुक्रबार, भदौ ३ २०७९०२:५४
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ