काठमाडौं- साताको अन्तिम दिन शुक्रबार पनि सुन तथा चाँदीको मूल्य घटेको छ। बिहीबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको हो।
बिहीबार छापावाल सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ घटेर ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ घटेको हो। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।