सोमबार, मंसिर १८ गते २०८०    

बैंकिङ प्रणालीमा एकैदिन १३ अर्ब निक्षेप थपिँदा सीडी रेसियोमा पनि सुधार

images
images
बैंकिङ प्रणालीमा एकैदिन १३ अर्ब निक्षेप थपिँदा सीडी रेसियोमा पनि सुधार

काठमाडौं- बैंकहरूमा एकैदिन १३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूमा ४४ खर्ब २१ अर्ब रुपैयाँको कुल निक्षेप ४४ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ। साउनमै १ खर्ब २१ अर्ब निक्षेप घटेपछि आत्तिएको बैंकिङ क्षेत्रमा पुनः राहत हुने देखिएको छ। 

images
images
images

यता सीडी रेसियोमा पनि सुधार देखिएको छ। ८८.२७ प्रतिशत पुगेको सीडी रेसियो ८८.०७ प्रतिशतमा झरेको हो। ऋण प्रवाह पनि ३ अर्ब बढेको छ। अब बैंकहरूको कुल ऋण ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। समग्र वित्तीय क्षेत्रको निक्षेप ५० खर्ब ३४ अर्ब पुगेको छ भने ऋण ४७ खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। 

images

चालु आर्थिक वर्षको पहिलो महिना वाणिज्य बैंकहरूले निक्षेप घटेपछि ऋण प्रवाह ठप्प पारेका थिए। साउनको २७ दिनमा वाणिज्य बैंकबाट १ खर्ब २१ अर्ब निक्षेप घटेको थियो। असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको निक्षेप साउन २७ गतेसम्म आउँदा ४४ खर्ब २१ अर्बमा सीमित भएको थियो। 

images

साउन लागेपछि प्रत्येक हप्ता निक्षेपमा गिरावट आएको छ। साउन पहिलो साता ६४ अर्बले घटेको निक्षेप दोस्रो हप्ता २८ अर्ब घटेको थियो। त्यस्तै साउन तेस्रो साता घट्नेक्रममा केही ब्रेक लागेपनि अन्तिम साता फेरि २६ अर्बले घटेको छ। यो बीचमा विदेशी मुद्राको निक्षेप भने जम्मा १ अर्ब रुपैयाँ बराबरले मात्र घटेको छ। 

images

 


प्रकाशित : शुक्रबार, भदौ ३ २०७९०४:३९

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ