शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एक वर्षमा ४१ लाख मोबाइल बैंकिङ ग्राहक थपिए, २० लाख कार्ड जारी हुँदा २७७ एटीएम बुथ विस्तार 

शुक्रबार, भदौ ३ २०७९
एक वर्षमा ४१ लाख मोबाइल बैंकिङ ग्राहक थपिए, २० लाख कार्ड जारी हुँदा २७७ एटीएम बुथ विस्तार 

त्यस्तै इन्टरनेट बैंकिङ ग्राहक पनि गएको एक वर्षमा ५ लाख २३ हजार थपिएका छन्। २० लाख डेबिट कार्ड थपिँदा एटीएम बुथ भने जम्मा २७७  वटा मात्र थपिएका छन्। 

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ मा ऋण विस्तार मत्थर भएको छ। नेपाल राष्ट्र बैंकको सुरुवाति लक्ष्यको तुलनामा न्यून ऋण प्रवाह भएको छ। अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले ऋण वृद्धि गर्ने लक्ष्य लिएपनि अन्तत: १३ प्रतिशतले मात्र बढेको छ। 

ऋण विस्तारको गतिमा ब्रेक लागेसँगै जीडीपीमा ऋणको अनुपात पनि घटेको छ। गएको वर्षको तथ्यांक अनुसार गएको वर्षको अन्त्यसम्म जीडीपीको ९७.१७ प्रतिशतमा सीमित भएको छ। आर्थिक वर्षको २०७७/७८ को तुलनामा यो न्यून हो। उक्त वर्ष यस्तो अनुपात ९७.८६ प्रतिशत थियो। आर्थिक वर्ष २०७७/७८ मा २७ प्रतिशतले कर्जा विस्तार भएको थियो। 

यसअघिका केही वर्ष कर्जा विस्तार तीव्र भएपनि गएको वर्ष आएर ब्रेक लागेको छ। वर्षको दोस्रो त्रैमासदेखि नै तरलता अभावमा परेका बैंकहरु अझस्मम सोही समस्यामा छन्। आर्थिक वर्ष २०७५/७६ मा ७५ प्रतिशत रहेको अनुपात २०७६/७७ मा  ८३ प्रतिशत रहेको थियो। 

- (1).png

गएको वर्ष अधिकांश बैंकिङ सूचक दबाबमा परेका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार जीडीपीमा निक्षेपको अनुपात पनि घटेको छ। अघिल्लो वर्ष १११.१० प्रतिशत रहेको निक्षेप गएको वर्ष १०६.३४ प्रतिशतमा सीमित भएको छ। 

ऋण निक्षेपका सूचक खुम्चिएपनि वित्तीय पहुँचमा भने विस्तार रोकिएको छैन। गएको एक वर्षमा प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तार तीव्र देखिएको छ। एक वर्षमा ४१ लाख १२ हजार ४१६ मोबाइल बैंकिङ ग्राहक थपिएका छन्। योसँगै कूल १ करोड ८३ लाख मोबाइल बैंकिङ ग्राहक पुगेका छन्। 

-.png

त्यस्तै इन्टरनेट बैंकिङ ग्राहक पनि गएको एक वर्षमा ५ लाख २३ हजार थपिएका छन्। २० लाख डेबिट कार्ड थपिँदा एटीएम बुथ भने जम्मा २७७  वटा मात्र थपिएका छन्। 

- (2).png


प्रकाशित : शुक्रबार, भदौ ३ २०७९०६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend