शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

साताभर उतारचढाव देखिएको सेयर बजारमा छायो हरियाली, प्राकृतिक घटबढ कि सीमितको चलखेल?

बिहीबार , भदौ २ २०७९
साताभर उतारचढाव देखिएको सेयर बजारमा छायो हरियाली, प्राकृतिक घटबढ कि सीमितको चलखेल?

काठमाडौं- साताभर उतारचढावमा देखिएको सेयर बजारमा बिहीबारको अन्तिम कारोबारमा हरियाली देखिएको छ। बिहीबार २७.७२ अंकको वृद्धिसँगै साताभरको समग्र अवस्था सुखद देखिएको छ। साताभरमा बजारमा ३०.४९ अंकको वृद्धि देखिएको छ। 

बिहीबार २७.७२ अंकले बढेर बजार २०६८.४२ बिन्दुमा पुगेको छ। जहाँ २ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ। 

यो साता आइतबार २७.९२ अंकले घटेको बजार सोमबार ५५.८८ अंकले बढेको थियो। मंगलबार २४.८३ अंकले घटेको बजार बुधबार पनि शून्य दशमलव ३६ अंकले घटेर थामिएको थियो। बजारले सुधारको स्थायी आधार भेट्न नसक्दा लगातार उतारचढाव भइरहेको विश्लेषकहरू बताउँछन्। 

अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै जाँदा पुँजी बजारले भने अपेक्षाकृत बाटो समात्न सकिरहेको छैन। पुँजी बजारमा जोडिने लगानीकर्ताको संख्या बढेर बहुपक्षीय चासोमा परिरहँदा पनि बजारको उतारचढाव स्वभाविक हुन सकिरहेको छैन।

चलखेलमा रमाउने ठूला लगानीकर्ताहरूले बजार बढाउँदा बढेको बजारमा उत्साही भएर पस्ने र बजार ओरालो लाग्दा आत्तिएर मेसो नपाउने साना लगानीकर्ता मारमा परिरहेको विश्लेषकहरू बताउँछन्। बढेको बिन्दुमा बजार प्रवेश गरेर अतालिएका साना लगानीकर्तामाझ भ्रम छर्ने र छोटो समयका लागि उतारचढाव बनाइरहने गर्नाले बजारले सुधारको स्थायी आधार नभेटेको उनीहरूको भनाइ छ। 

विश्लेषकहरूका अनुसार बढी सहभागितामूलक हुँदै गइरहेको भनिएको सेयर बजारमा केही सीमितको चलखेल चलिरहँदा बजारमा प्राकृतिक घटबढ देखिन सकेको छैन। 

नियामकीय साथ मिलेको भनिएको बजारमा पछिल्लो समय सुधारको आश देखिए पनि बजार अझै जोखिमपूर्ण अवस्था नै रहेको विश्लेषकहरू बताउँछन्। फेरि पनि बजारको अवस्था अप्राकृतिक देखिँदै गएको उनीहरूको भनाइ छ।


प्रकाशित : बिहीबार , भदौ २ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend