बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुवावेको सीड्स फर फ्युचरमा नेपालबाट छानिए सात विद्यार्थी 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २ २०७९
हुवावेको सीड्स फर फ्युचरमा नेपालबाट छानिए सात विद्यार्थी 

सूचना प्रविधिको क्षेत्रमा अध्ययनरतलाई थप सिकाइको अवसर दिनका लागि हुवावेले सुरु गरेको यो कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नेपालमा प्रविधिका विभिन्न विषयमा जानकारी सिक्न पाउनेछन्। 

काठमाडौं- चिनियाँ प्रविधि कम्पनी हुवावेको ग्लोबल सीएसआर कार्यक्रम सीड्स फर फ्युचर २०२२ मा नेपालबाट सात जना विद्यार्थी छानिएका छन्। यो कार्यक्रम अन्तर्गत नेपालबाट विद्यार्थी छानिएको यो दोस्रो वर्ष हो। यसअघि सन् २०२१ मा पनि नेपालीले अवसर पाएका थिए। 

नेपालभरबाट २५६ आवेदनबाट कम्पनीले बनाएको छनौट समितिले सात जना विद्यार्थी छनौट गरेको छ। जसमा काठमाडौं विश्वविद्यालयका निर्माण खड्का, प्रज्ञा मल्लिक, मदन भण्डारी मेमोरियल कलेजबाट बंशज पौडेल,  ख्वोपा ईन्जिनियरिङ कलेजबाट जतिन भुसाल,  पुल्चोक क्याम्पसबाट रीया बैद्य, नदिका पौडेल र अमृत साइन्स क्याम्पसबाट अजु तामाङ्  छानिएका छन्। 
   
सूचना प्रविधिको क्षेत्रमा अध्ययनरतलाई थप सिकाइको अवसर दिनका लागि हुवावेले सुरु गरेको यो कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले नेपालमा प्रविधिका विभिन्न विषयमा जानकारी सिक्न पाउनेछन्। 

विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पनि सहभागी हुन पाउनेछन्। यो कार्यक्रममा उनीहरूले फाइभजी, एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूको बारेमा सिक्ने अवसर पाउनेछन्। 

 


प्रकाशित : बिहीबार , भदौ २ २०७९०८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend