शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एससीटी र आईसीएफसी फाइनान्सबीच डिजिटल भुक्तानी सम्झौता 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २ २०७९
एससीटी र आईसीएफसी फाइनान्सबीच डिजिटल भुक्तानी सम्झौता 

स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि दुई संस्थाबीच व्यावसायिक सम्झौता भएको हो। 

काठमाडौं- आईसीएफसी फाईनान्स र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटीबीच डिजिटल भुक्तानी कारोबारका लागि सम्झौता भएको छ। 

स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि दुई संस्थाबीच व्यावसायिक सम्झौता भएको हो। 

यो सम्झौतापछि आईसीएफसी फाइनान्सका ग्राहकले मोबाईल बैंकिङ्ग एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्नेछन्। 

सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फाइनान्सको  तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।


प्रकाशित : बिहीबार , भदौ २ २०७९०८:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend