आइतबार, जेठ ६ गते २०८१    
images
images

बैंक अफ काठमाण्डूको ऋणपत्र जारी, १ लाख कित्तासम्म आवेदन दिन पाइने

images
बिहीबार , भदौ २ २०७९
images
images
बैंक अफ काठमाण्डूको ऋणपत्र जारी, १ लाख कित्तासम्म आवेदन दिन पाइने
images
images

काठमाडौं- बैंक अफ काठमाण्डू लिमिटेडले आज बिहीबारदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले सात वर्ष अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ऋणपत्र निष्कासन गर्न लागेको हो।

images
images
images

कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब १० करोड रुपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ। जसमध्ये ६० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। यस्तै ४४ करोड रुपैयाँ बराबरको ४० प्रतिशत अर्थात् ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

images

सर्वसाधारणलाई बिक्री गर्ने ४ लाख ४० हजार कित्तामध्ये २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ। बाँकी रहेको ४ लाख १८ हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ता ऋणपत्रको लागि आवेदन दिन सक्नेछन्। 

images
images

ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। ऋणपत्रमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ।

images
images


प्रकाशित : बिहीबार , भदौ २ २०७९०३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend