शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

प्रभु बैंकले आउँदो १० गतेदेखि संस्थापक सेयर बिक्री खुला गर्दै

बिहीबार , भदौ २ २०७९
प्रभु बैंकले आउँदो १० गतेदेखि संस्थापक सेयर बिक्री खुला गर्दै

न्यूनतम १० हजार  कित्ताका लागि आवेदन दिन सकिने जनाइएको छ।

काठमाडौं- प्रभु बैंकले आउँदो १० गतेदेखि संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ। बिहीबार बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले सूचना जारी गर्दै संस्थापक समूहको सेयर बिक्री गर्ने जानकारी गराएको हो। 

कम्पनीको ५० हजार कित्ता संस्थापक सेयर १४० रुपैयाँमा बिक्री हुनेछ। उक्त सेयरमा न्यूनतम १० हजार  कित्ताका लागि आवेदन दिन सकिने जनाइएको छ।

किन्न गर्न योग्य इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले उक्त संस्थापक सेयरमा भदौ १७ गतेभित्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ नक्सालमा शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ। 


प्रकाशित : बिहीबार , भदौ २ २०७९०३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend