शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ १ २०७९
गरिमा क्यापिटलको  सीईओमा निर्मल भट्टराई

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंक हो।

काठमाडौं- गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल भट्टराई नियुक्त भएका छन्।

साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई भदौ १ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो।

संस्थाको स्थापनाकालदेखि नै विभिन्न ओहोदामा रहेर कार्यसम्पादन गर्दै आएका भट्टराईलाई सञ्चालक समितिले सीईओ नियुक्त गरेको बताइएको छ।

उनीले भारतबाट चाटर्ड एकाउन्टेन्सी गरेका छन्। यसअघि उनी निमित्त कार्यकारी अधिकृतको रुपमा कार्यरत् थिए।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंक हो।


प्रकाशित : बुधबार, भदौ १ २०७९१४:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend