आइतबार, असोज ७ गते २०८०    

नेपाल र बेलायतबीच श्रम समझदारीमा आउँदो सोमबार हस्ताक्षर हुँदै, नर्स पठाउन बाटो खुल्ने

images
नेपाल र बेलायतबीच श्रम समझदारीमा आउँदो सोमबार हस्ताक्षर हुँदै, नर्स पठाउन बाटो खुल्ने

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन।

images

काठमाडौं- नेपाल र बेलायतबीच आउँदो सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। जसले बेलायतमा नर्स पठाउने पक्रिया अघि बढ्नेछ। 

images

समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। 

images

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो। 

images

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार गरिएको हो।

images

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन। पहिलो चरणमा दुई हजार नर्सलाई बेलायत लैजाने गरी तयारी भइरहेको छ। 

images

प्रकाशित : बुधबार, भदौ १ २०७९०३:१२

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ