शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

अझै स्वभाविक देखिएन सेयर बजारको अवस्था, बजारमा व्यापक उतारचढाव

बुधबार, भदौ १ २०७९
अझै स्वभाविक देखिएन सेयर बजारको अवस्था, बजारमा व्यापक उतारचढाव

काठमाडौं- अर्थतन्त्रको सूचकहरूमा सुधार हुँदै जाँदा पुँजी बजारले भने अपेक्षाकृत बाटो समात्न सकिरहेको छैन। पुँजी बजारमा जोडिने लगानीकर्ताको संख्या बढेर बहुपक्षीय चासोमा परिरहँदा पनि बजारको उतारचढाव स्वभाविक हुन सकिरहेको छैन।

लगातार १३३.५७ अंकको गिरावटपछि सोमबार ५५.८८ बढेको सेयर बजार मंगलबार घटेर र बुधबार झिनो अंकको गिरावटसँगै थामिएको हो। मंगलबार २४.८३ अंकले घटेको बजारमा बुधबार पनि शून्य दशमलव ३६ अंकले घटेर २०४०.७० बिन्दुमा झरेको छ। बुधबार १०२ कम्पनीको सेयर मूल्य बढ्दा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ। 

बजारले सुधारको स्थायी आधार भेट्न नसक्दा लगातार उतारचढाव भइरहेको विश्लेषकहरू बताउँछन्। यो साता आइतबार २७.९२ अंकले घटेर सोमबार ५५.८८ अंकले बढेको बजार २०६५.८९ बिन्दुमा पुगेको थियो। 

बैंक तथा वित्तीय संस्थाहरूको सुधार देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। पछिल्लो केही समयदेखि बजारमा लगातार उतारचढाव देखिइरहेको छ। केही अंकको वृद्धिसँगै ठूला लगानीकर्ताको चलखेल हुँदै बजार घट्ने गरेको देखिन्छ।

नियामकीय साथ मिलेको भनिएको बजारमा पछिल्लो समय सुधारको आश देखिए पनि बजार अझै जोखिमपूर्ण अवस्था नै रहेको विश्लेषकहरू बताउँछन्। फेरि पनि बजारको अवस्था अप्राकृतिक देखिँदै गएको उनीहरूको भनाइ छ।

भित्री कारोबार र चलखेलकै कारण बजारले सुधारको स्थायी आधार भेट्न नसकेको जानकारहरू बताउँछन्। बजारप्रतिको विश्वसनीयता गुम्दै जाँदा फेरि पनि केही सीमितको पकडमा सेयर बजारमा चलखेल भइरहने उनीहरू बताउँछन्। 


प्रकाशित : बुधबार, भदौ १ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend