शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images
बालाजु-रानीपौवा सडक

८ वर्षमा १७ किलोमिटर सडक नबनाउने प्रचण्डका घरबेटी अधिकारीको कम्पनीसँग ठेक्का रद्द गर्न अदालतको साथ

जमानत जफतसँगै कालोसूचीमा राख्ने बाटो खुल्यो

images
बुधबार, भदौ १ २०७९
images
images
८ वर्षमा १७ किलोमिटर सडक नबनाउने प्रचण्डका घरबेटी अधिकारीको कम्पनीसँग ठेक्का रद्द गर्न अदालतको साथ
images
images

काठमाडौं- ८ वर्षमा १७.१ किलोमिटर (बालाजु-रानोपौवा) सडक निर्माण नगर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ र एआइपीएल (भारतीय कम्पनी)सँगको ठेक्का तोड्ने सडक विभागको निर्णयलाई जिल्ला अदालत पाटनले सदर गरिदिएको छ।

images
images

विभागले कुल १७.१ किलोमिटर लम्बाइको सडक निर्माणका लागि सात पटकसम्म अवधि थप गरेको थियो। विभागले यो सडक निर्माणका लागि अधिकारीको कम्पनीसँग २०७१ जेठ २२ गते सम्झौता गरेको थियो। तर  बारम्बार समय थप गर्दा पनि ६० प्रतिशत पनि काम नभएको भन्दै २०७९ असार ५ गते ठेक्का सम्झौता रद्द गरेको थियो।

images
images

ठेक्का रद्द भएपछि कम्पनीले जिल्ला अदालतमा रिट दायर गरेको थियो। जिल्ला अदालतमा दायर भएको रिटमा असार ८ गते अन्तरिम आदेश जारी भएको थियो। अन्तरिम आदेश जारी भएसँगै ठेक्का रद्द गर्दै कम्पनीलाई कालोसूचीमा राख्ने र धरौटीवापतको जमानत जफत गर्ने प्रक्रिया रोकिएको थियो।

images
images

तर असार ८ गतेको अन्तरिम आदेश जिल्ला अदालत ललितपुरले साउन ३१ गते खारेज गरिदिएको छ। न्यायाधीश सिता शर्मा अधिकारीको एकल इजलासले यसअघिको अन्तरिम आदेश निरन्तरता नहुने आदेश गरेको हो। योसँगै अब विभागले कम्पनीले धरौटीवापत राखेको रकम जफत, कम्पनीलाई कालोसूचीमा राख्ने तथा क्षतिपूर्ति तिराउने विषय अगाडि बढाउन पाउने भएको छ।

ठेक्का.jpg

अन्तिम पटक २०७८ चैत ३ गते ठेक्काको म्याद सकिए पनि कम्पनीले समय थपका लागि कुनै पहल नगरेको र काम समयमै नगरेर पनि ठेक्का रद्द कानून विपरित भएको भन्दै रिट दायर गरेको थियो। न्यायाधीश अधिकारीको इजालसले ठेक्का रद्दलाई सदर गर्ने गरी आदेश दिएको हो।

यही बालाजु-रानोपौवा सडकखण्ड भएर काठमाडौं महानगरपालिकाको फोहर बिसर्जन गर्न गाडीहरू सिसडोल तथा बन्चरे डाँडा जाने गर्छन्। बालाजु-रानोपौवाको तिनपिप्लेबाट सिसडोल र बन्चरे डाँडा जाने सडक छुटिन्छ। 

तीनपिप्ले-बन्चरेडाँडा सडक मर्मतको जिम्मा समानान्तर निर्माण सेवालाई

यता तीनपिप्लेबाट बन्चरेडाँडासम्मको सडक निर्माणको कामका लागि भने भर्खरै ठेक्का सम्झौता भएको छ। सरकारले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न डम्पिङ साइटको स‌ंरचना बन्चरेडाँडामा बनाइरहेको छ। स‌ंरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बन्चरेडाँडा जाने सडक भने राम्रो छैन। बन्चरेडाँडाका स्थानीयले सडक मर्मतको विषय अहिले पनि उठाइरहेका छन्।

सहरी विकास मन्त्रालयल सहरी विकास तथा भवन निर्माण विभाग मातहतको बन्चरेडाँडा आयोजना कार्यान्यवन इकाइले तीनपिप्ले- बन्चरेडाँडा सडक खण्ड मर्मतको जिम्मा समानान्तर निर्माण सेवा प्रालिलाई दिइसकेको छ। समानान्तरले उक्त बाटोको स्तरोन्नती तथा मर्मतका लागि ८ करोड ९३ लाख १८ हजार ९ सय २६ रुपैयाँमा सम्झौता गरेको छ।


प्रकाशित : बुधबार, भदौ १ २०७९०७:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend