शनिबार, वैशाख १५ गते २०८१    
images
images

कालीगण्डकी करिडोर : पाल्पा खण्ड आशातित, जोमसोम खण्डको प्रगति न्यून

images
images
images
कालीगण्डकी करिडोर : पाल्पा खण्ड आशातित, जोमसोम खण्डको प्रगति न्यून

२ सय ४५ किलोमिटर सडक मध्ये १ सय ३० किलोमिटर सडक सुधार आयोजना अन्तर्गत भारतीय एक्जिम बैंकको ऋणलागानीमा निर्माण भइरहेको छ। १ सय १५ किलोमिटर सडक भने उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले निर्माण गरिरहेको छ।

images
images

काठमाडौं- सरकारले उत्तर-दक्षिणको आवागमनलाई सहज बनाउने उद्देश्यले नदीलाई आधार बनाएर करिडोर निर्माण सुरु गरेको हो। उत्तरी र दक्षिणी सीमा दुवै छिमेकी मुलुक भारत र चीन जोड्ने र आर्थिक मेरुदण्डका रुपमा करिडोर सडकहरु निर्माण सुरु गरिएको थियो। 

images
images
images

त्यस्तै मेरुदण्ड मध्येको एक हो कालीगण्डकी करिडोर। ४ सय ४७ किलोमिटर लम्बाईको यो करिडोरलाई मुख्यगरि दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ। 

images

पहिलो खण्डमा गैंडाकोटदेखि पाल्पाको राम्दी, गुल्मीको रिडी हर्मिचौर हुँदै बागलुङको मालढुंगासम्म २ सय ४५ किलोमिटर र दोस्रो खण्डमा मालढुंगादेखि मुस्ताङको कोरलासम्म २ सय २ किलोमिटर रहेको छ। भारतको ठुटीबारी नाकादेखि पूर्वी नवलपरासीको गैंडाकोटसम्मलाई पनि यही करिडोरको एक खण्डको रुपमा लिइएको छ।

images

२ सय ४५ किलोमिटर सडक मध्ये १ सय ३० किलोमिटर सडक सुधार आयोजना अन्तर्गत भारतीय एक्जिम बैंकको ऋणलागानीमा निर्माण भइरहेको छ। १ सय १५ किलोमिटर सडक भने उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले निर्माण गरिरहेको छ।

images
images

कालीगण्डकी करिडोरको पाल्पा खण्डअन्तर्गत आयोजनाले गत आवमा १ अर्ब १३ करोड रुपैयाँ र सडक सुधार आयोजनाले २ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए। त्यसमध्ये आयोजनाको वार्षिक प्रगति ९४ प्रतिशत रहेकोमा सडक सुधारअन्तर्गतको प्रगति ३० प्रतिशत मात्र भएको हो। 

हालसम्म यो आयोजना अन्तर्गत २ सय ४५ किलोमिटर सडक मध्ये १ सय ११ किलोमिटर सडक कालो पत्रे भइसकेको उत्तर-दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका आयोजना निर्देशक दिपक श्रेष्ठले जानकारी दिए। 

२४५ किमि लामो खण्डमा कालोपत्र गर्न साढे ६ अर्बभन्दा बढीमा ठेक्का सम्झौता भएको थियो। गैंडाकोटदेखि राम्दीसम्म पनि भारत सरकारकै ऋण सहयोगमा भारतीय कम्पनी इकेके इन्फ्राइस्टक्चरले कालोपत्रे गरिरहेको छ। जसको कुल लागत साढे ५ अर्ब रुपैयाँ छ। गुल्मी खण्डमा शर्मा एन्ड कम्पनी र सगुन जेभी कन्स्ट्रक्सनले ठेक्का पाएको हो । 

गैंडाकोट-राम्दी-मालढुंगा सडक आयोजनाको अवधि २०६६/६७ देखि २०८०/८१ सम्म रहेको छ। चालु आवसहित अबको दुई वर्षमा यो खण्डको निर्णय सकिनु पर्नेछ। यो खण्डको भौतिक प्रगति भने अपेक्षाकृत नै रहेको आयोजनाले जनाएको छ। 

त्यस्तै कालीगण्डकी करिडोरकै अर्को जोमसोम खण्डमा हालसम्म २८ किलोमिटर सडक कालोपत्रे भएको छ। २ सय २ किलोमिटर कुला लम्बाई रहेको यो खण्डको सडक आयोजनाको अवधि २०७३/७४ देखि २०७९/८० सम्म रहेको छ। 

यो खण्डका लागि गत आर्थिक वर्षमा १ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा सो वर्षको वार्षिक प्रगति भने ७५ प्रतिशत मात्र रहेको छ। चालु आवमा यो सडक खण्डका लागि १ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। मालढुंगा-बेनी-जोमसोम-कोरोलासम्म पुग्ने यो सडकमा जोमसोमसम्म मात्र कालोपत्रे गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। 

मौसमी प्रतिकुलताका कारण यो खण्डमा काम गर्ने समय नै निक्कै कम हुने आयोजना निर्देशक दिपक श्रेष्ठको भनाइ छ। गत आवमा सोचेअनुसार वार्षिक प्रगति नहुनुमा कोरोना, इन्धनजन्य अभाव तथा कन्स्ट्रक्सन होलिडेलगायत रहेको उनले बताए। 

भारतको ठुटीबारी नाकादेखि पूर्वी नवलपरासीको गैंडाकोटसम्म भारत सरकारको ऋण सहयोगमा कालोपत्र भएको हो। 

कालीगण्डकी नदीको किनारैकिनार निर्माणाधीन करिडोरलाई सरकारले आर्थिक समृद्धिको ‘लाइफलाइन’ भन्दै राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण गरिरहेको छ। गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पुर्‍याउने अवधारणाअनुसार २०५७ देखि यो सडक निर्माण प्रारम्भ भएको थियो। करिडोरको ट्र्याक नेपाली सेना र सडक विभागले खोलेका हुन्। 

निर्माण पूरा भए करिडोरले दुई प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोड्नेछ । करिडोरले यी क्षेत्रको कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत उत्पादनमा समेत ठूलो सहयोग पुर्‍याउने छ। 

images

प्रकाशित : बुधबार, भदौ १ २०७९०५:४७

प्रतिक्रिया दिनुहोस