काठमाडौं- गत आर्थिक वर्ष २०७८/०७९ मा १० खर्ब ७ करोड ३१ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। गत आवको अन्तिम महिना असारमा मात्रै १ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स रकम भित्रिएको हो।
यो रकम अहिलेसम्मकै एक महिनामै भित्रिएको रेमिट्यान्स रकममा सबै भन्दा बढी हो। यस अघि २०७६/०७७ को असारमा पनि १ खर्ब १ अर्ब रेमिट्यान्स रकम भित्रिएको थियो।