आइतबार, जेठ ६ गते २०८१    
images
images

६६ प्रतिशत ऋण घरजग्गा धितोमा, सेयर बजारतर्फ २४ प्रतिशत घटाए, अन्य कुनमा कति?

images
बुधबार, भदौ १ २०७९
images
images
६६ प्रतिशत ऋण घरजग्गा धितोमा, सेयर बजारतर्फ २४ प्रतिशत घटाए, अन्य कुनमा कति?
images
images

काठमाडौं- नेपाल राष्ट बैंकको तथ्यांकअनुसार बैंकहरुले गत वर्ष घरजग्गा धितोमा दिने ऋण प्रवाह बढाएका छन्। आर्थिक वर्ष २०७८/७९ मा  सेयरधिताेमा जाने ऋण भने घटाएका छन्। 

images
images
images

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो कर्जा २७.३ प्रतिशतले बढेको थियो। 

images

२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ६३.६ प्रतिशत र ३६.४ प्रतिशत रहेको थियो।

images
images

समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.७ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १३.९ प्रतिशतले र वित्त कम्पनीहरुको २९.८ प्रतिशतले बढेको छ। 

images
images

२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। 

२०७८ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २८.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४.३ प्रतिशतले र हायर पर्चेज कर्जा २.२ प्रतिशतले घटेको छ। 


प्रकाशित : बुधबार, भदौ १ २०७९०२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend