शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एकदिनको सुधारपछि फेरि ओरालोतिर, थामिएन सेयर बजार

मंगलबार, साउन ३१ २०७९
एकदिनको सुधारपछि फेरि ओरालोतिर, थामिएन सेयर बजार

काठमाडौं- लगातार १३३.५७ अंकको गिरावटपछि सोमबार ५५.८८ बढेको सेयर बजार मंगलबार पुन: घटेको छ। बजारले सुधारको स्थायी आधार भेट्न नसक्दा लगातार उतारचढाव भइरहेको छ। 

मंगलबार २४.८३ अंकले घटेर बजार २०४१.०६ बिन्दुमा झरेको छ। जहाँ २ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ। १२ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १६९ कम्पनीको सेयर मूल्य घटेको छ। 

यो साता आइतबार २७.९२ अंकले घटेर सोमबार ५५.८८ अंकले बढेको बजार २०६५.८९ बिन्दुमा पुगेको थियो। 

बैंक तथा वित्तीय संस्थाहरूको सुधार देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्।

पछिल्लो केही समयदेखि बजारमा लगातार उतारचढाव देखिइरहेको छ। केही अंकको वृद्धिसँगै ठूला लगानीकर्ताको चलखेल हुँदै बजार घट्ने गरेको देखिन्छ।


प्रकाशित : मंगलबार, साउन ३१ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend