बिहीबार , चैत २८ गते २०८१    
बिहीबार , चैत २८ २०८१
images
images

अनियन्त्रित क्रिप्टोकरेन्सीको विस्तार जोखिमपूर्ण: अन्तर्राष्ट्रिय मुद्राकोष 

images
शनिबार, असोज १६ २०७८
images
images
अनियन्त्रित क्रिप्टोकरेन्सीको विस्तार जोखिमपूर्ण: अन्तर्राष्ट्रिय मुद्राकोष 

विकासोन्मुख मुलुकहरूमा मौजुदा बैंकिङ तथा भुक्तानी प्रणाली व्यवस्थित नभएकोले गर्दा पनि क्रिप्टोप्रतिको आकर्षण बढेको कोषको बुझाइ छ। 

images
images

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो क्रिप्टोकरेन्सीको कारोबारप्रति चिन्ता व्यक्त गरेको छ। 

images
images

तीव्रगतिमा बढेको क्रिप्टो कारोबार तथा मूल्यले गर्दा बजारमा उपभोक्ता ठगी बढेको, वित्तीय अस्थिरताको जोखिममा वृद्धि भएको तथा आतङ्कवादमा लगानी हुने गरेको भन्दै कोषले कडा नियमनको खाँचो देखाएको छ। 

images
images

दश गुणाले बजार मूल्य बढेर दुई ट्रिलियन भन्दा बढी पुगेको यसको गति रोक्न कठिन भएको भन्दै  तत्काल नियमनको आवश्यकता कोषले औँल्याएको छ। 

images
images

ग्लोबल फाइनान्सियल स्टेबिलिटी रिपोर्ट मार्फत कोषले बजारमा थुप्रै क्रिप्टो आएको र यसले बजारलाई अझै जोखिमपूर्ण बनाएको उल्लेख गरेको छ। 

'बजारमा हाई प्रोफाइल ह्याकिङ सम्बन्धी  चोरीका घटना थुप्रै छन्। तर यस्ता घटनाले विस्तारमा रोक लगाएको छैन बरु उल्टै मेनस्ट्रिम सम्पत्तिका रुपमा विकसित हुँदै गएको छ' प्रतिवेदनका सहलेखक डिमित्रिभ ड्राकोपौलोसले ब्लगमा लेखेका छन्। 

अपर्याप्त निर्धारित सर्त तथा नियमनका कारणले गर्दा उपभोक्ताहरू जोखिममा परेको कोषले बताएको छ। क्रिप्टोको फैलावट र लोकप्रियता दिनदिनै बढीरहेको भन्दै कोषले सरकारहरु आँखा चिम्लिएर बस्न नहुने कोषको भनाइ छ। 

विकासोन्मुख अर्थतन्त्रमा क्रिप्टोको  लोप्रियता अझै बढेकाले गर्दा जोखिम झन् बढेको छ। भारत, भियतनाम लगायतका देशमा पछिल्लो समय क्रिप्टोमाथिको लगानी बढ्दै गएको छ। 

विकासोन्मुख मुलुकहरूमा मौजुदा बैंकिङ तथा भुक्तानी प्रणाली व्यवस्थित नभएकोले गर्दा पनि क्रिप्टोप्रतिको आकर्षण बढेको कोषको बुझाइ छ। 

केन्द्रीय बैंकप्रतिको न्यून विश्वास, कमजोर घरेलु बैंकिङ नियमन र अन्तर्राष्ट्रिय मुद्रामा अमेरिकी डलरको प्रभुत्वका कारणले गर्दा कतिपय देशहरूमा क्रिप्टोप्रति आकर्षण बढेको कोषले उल्लेख गरेको छ। 

क्रिप्टोप्रतिको कोषणको धारणा आएकै दिन बिटक्वाइनको मूल्य भने अकासिएको छ। अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य एकदिनमै ४३ हजारबाट ४७ हजार अमरकी डलर पुगेको छ। 

संसारमा हालसम्म एकमात्र देश एलसाल्भाडोरले क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिएको छ। मुद्राकै रुपमा स्वीकार गर्ने अहिलेसम्म एकमात्र देश एलसाल्भाडोर हो। बाँकी विश्वमा कतिपयले लगानीमै प्रतिबन्ध लगाएका छन्। 

चीन, बंगलादेश लगायतका देशहरूले क्रिप्टो माइनिङ, कारोबारमै प्रतिबन्ध लगाएका छन्। बाँकी मुलुकहरूले लगानीको माध्यमका रुपमा स्वीकार गरेका छन्। भारतले सन् २०१८ मा कारोबारमै प्रतिबन्ध लगाएको थियो। तर पछि त्यहाँको सर्वोच्च अदालतले कारोबारमाथिको प्रतिबन्ध अवैध हुने फैसला गरेपछि भारतमा अहिले कारोबार भइरहेको छ। 

लगानीको माध्यमका रुपमा क्रिप्टोलाई संसारधा अधिकांस मुलुकले अवरोध गरेका छैनन्। 


प्रकाशित : शनिबार, असोज १६ २०७८०५:४२
  • सम्बन्धित विषय:

  • # imf
  • # crypto


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend