काठमाडौं- गत आर्थिक वर्ष निर्जीवन बीमा कम्पनीले झन्डै ४० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। २० निर्जीवन कम्पनीले ३९ अर्ब १६ करोड बढी कुल बीमा शुल्क आर्जन गरेका हुन्।
२० कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी भएको छ। शिखरले गत वर्ष ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले तीन अर्ब १० करोड बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ। राष्ट्रिय बीमा कम्पनीले दुई अर्ब ६४ करोड, नेको इन्स्योरेन्स लिमिटेडले दुई अर्ब ८५ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले दुई अर्ब ३७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २ अर्ब ६१ करोड, प्रिमियर इन्स्योरेन्स कम्पनीले दुई अर्ब १४ करोड, हिमालयन इन्स्योरेन्स कम्पनीले दुई अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेका छन्।
जनरल इन्स्योरेन्स कम्पनीले ९० करोड १२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ।
कुन कम्पनीको कति?
|
कम्पनी |
बीमा शुल्क |
|
शिखर इन्स्योरेन्स |
५ अर्ब ९२ लाख |
|
सगरमाथा इन्स्योरेन्स |
३ अर्ब १० करोड ६३ लाख |
|
नेको इन्स्योरेन्स |
२ अर्ब ८५ करोड ३८ लाख |
|
राष्टिय बीमा कम्पनी |
२ अर्ब ६३ करोड ७२ लाख |
|
सिद्धार्थ इन्स्योरेन्स |
२ अर्ब ६१ करोड ५३ लाख |
|
एनएलजी इन्स्योरेन्स |
२ अर्ब ३७ करोड ११ लाख |
|
प्रमियर इन्स्योरेन्स |
२ अर्ब १४ करोड ३२ लाख |
|
हिमालयन इन्स्योरेन्स |
२ अर्ब ६ करोड १५ लाख |
|
आइएमई जनरल |
१ अर्ब ७७ करोड ९ लाख |
|
अजोड इन्स्योरेन्स |
१ अर्ब ५४ करोड ८८ लाख |
|
लुम्बिनी जनरल इन्स्योरेन्स |
१ अर्ब ५८ करोड ४३ लाख |
|
नेपाल इन्स्योरेन्स |
१ अर्ब ५८ करोड १ लाख |
|
यूनाइटेड इन्स्योरेन्स |
१ अर्ब ५४ करोड ८८ लाख |
|
दि ओरिएन्टल इन्स्योरेन्स |
१ अर्ब ४४ करोड १९ लाख |
|
प्रभु इन्स्योरेन्स |
१ अर्ब ३५ करोड ७५ लाख |
|
प्रूडेन्सियल इन्स्योरेन्स |
१ अर्ब ३३ करोड ५३ लाख |
|
एभरेष्ट जनरल इन्स्योरेन्स |
१ अर्ब २२ करोड ३१ लाख |
|
सानिमा जनरल इन्स्योरेन्स |
१ अर्ब ४ करोड ४३ लाख |
|
नेशनल इन्स्योरेन्स |
९० करोड ६६ लाख |
|
जनरल इन्स्योरेन्स |
९० करोड १२ लाख |