शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

विदेशी मुद्रासहित माघ १४ मा समातिएका पाकिस्तानी नागरिकविरुद्ध मुद्दा 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन ३० २०७९
विदेशी मुद्रासहित माघ १४ मा समातिएका पाकिस्तानी नागरिकविरुद्ध मुद्दा 

 ९ लाख २६ हजार  ४९१  बिगो कायम गर्दै बिगो जफत गरी सजाय दाबी गर्दै विभागले मुद्दा दायर गरेको छ। 

काठमाडौं- २०७८ को माघमा १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित समातिएका पाकिस्तानी नागरिकविरुद्ध राजस्व अनुसान्धान विभागले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३(१), ४(१), ५, तथा १२ विपरीतको कसूर अपराध गरेको भन्दै विभागले विदेशी  पाकिस्तानी नागरिक हाफिज अट्टिक्युयुआर रहमानविरुद्ध मुद्रा अपचलन अभियोगमा मुद्दा दायर गरेको हो। 

गएको माघ १४ गते फ्लाई दुवइको उडानमा काठमाडौंबाट दुवइ जानेक्रममा उनलाई विदेशी मुद्रासहित पक्राउ गरिएको थियो।  ५००  दरको थान ९४ साउदी रियालसहित अनुमति नलिइ अन्य विदेशी मुद्रासहित पक्राउ गरिएको थियो। 

 ९ लाख २६ हजार  ४९१  बिगो कायम गर्दै बिगो जफत गरी सजाय दाबी गर्दै विभागले मुद्दा दायर गरेको छ। 

 


प्रकाशित : सोमबार, साउन ३० २०७९१२:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend