शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दशकअघिको मूल्यबाट झरेपछि बल्ल बढ्न थाल्यो नेपाल लाइफको सेयर

सोमबार, साउन ३० २०७९
दशकअघिको मूल्यबाट झरेपछि बल्ल बढ्न थाल्यो नेपाल लाइफको सेयर

काठमाडौैं- नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० वर्षअघिको मूल्यमा आएपछि सोमबार भने केही बढेको छ। तर सूचकलाई आधार मान्दा सेयर मूल्य अझै घट्ने देखिएको छ। गतवर्ष ३५ करोड घाटामा गएपछि सेयर मूल्य अत्याधिक घट्ने अनुमान गरिएको छ। 

सोमबार प्रतिकित्ता १३ रुपैयाँले बढेर ६८५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। १० वर्षअगाडि कम्पनीको सेयर मूल्य ७ सय हाराहारी रहेको थियो। समग्र नेप्से परिसूचक अघिल्लो वियरिसमा आउँदा १२०० तल हुँदा ९ सयमा अन्तिम कारोबार भएको थियो। त्यसपछि लगातार बढेर ३ हजार रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य लगातार घटेर न्यूनतम ६४७ रुपैयाँमा आइपुगेको थियो। फेरि केही बढेर ६८५ रुपैयाँमा आइपुगेको छ। कम्पनीको सोमबार पनि १२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। 

कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँमा पुगेको छ। कम्पनीको बजार पुँजीकरण ५६ अर्ब २२ करोड रुपैयाँ रहेको छ। इन्स्योरेन्सले ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क भने ९‍.४४ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ।

असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४.३० रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३.८२ रुपैयाँ रहेको छ।


प्रकाशित : सोमबार, साउन ३० २०७९१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend