शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

वाणिज्य बैंकबाट ऋण प्रवाह ठप्प, साउनमा घट्यो १ खर्ब २१ अर्ब निक्षेप  

सोमबार, साउन ३० २०७९
वाणिज्य बैंकबाट ऋण प्रवाह ठप्प, साउनमा घट्यो १ खर्ब २१ अर्ब निक्षेप  

यो बीचमा विदेशी मुद्राको निक्षेप भने जम्मा १ अर्ब रुपैयाँ बराबरले मात्र घटेको छ। 

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना वाणिज्य बैंकहरूका लागि सुखद रहेन। यो बीचमा बैंकहरूले निक्षेप बढाउन सकेका छैनन् भने ऋण प्रवाह पनि ठप्प भएको छ। 

साउनको २७ दिनमा वाणिज्य बैंकबाट १ खर्ब २१ अर्ब निक्षेप घटेको छ। असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको निक्षेप साउन २७ गतेसम्म आउँदा ४४ खर्ब २१ अर्बमा सीमित भएको छ। 

साउन लागेपछि प्रत्येक हप्ता निक्षेपमा गिरावट आएको छ। साउन पहिलो साता ६४ अर्बले घटेको निक्षेप दोस्रो हप्ता २८ अर्ब घटेको थियो। त्यस्तै साउन तेस्रो साता घट्नेक्रममा केही ब्रेक लागेपनि अन्तिम साता फेरि २६ अर्बले घटेको छ। यो बीचमा विदेशी मुद्राको निक्षेप भने जम्मा १ अर्ब रुपैयाँ बराबरले मात्र घटेको छ। 

त्यस्तै यो बीचमा ऋण प्रवाह पनि ठप्प भएको छ। असार मसान्तसम्म ४१ खर्ब ७५ अर्ब ऋण प्रवाह भएकोमा साउन २७ गतेसम्म आउँदा पनि सोही आँकडा कायम रहेको छ। ऋण प्रवाहमा उतारचढाव भइरहेको छ। यो महिनाका दुई साता ऋण घट्दा २ साता बढेको छ। 


प्रकाशित : सोमबार, साउन ३० २०७९११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend