शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

१३३ अंकको गिरावटपछि सेयर बजारमा छायो हरियाली, अब लय समात्ला?

सोमबार, साउन ३० २०७९
१३३ अंकको गिरावटपछि सेयर बजारमा छायो हरियाली, अब लय समात्ला?

काठमाडौं- सेयर बजारमा लगातार १३३.५७ अंकको गिरावटपछि हरियाली छाएको छ। धरमराइरहेको बजारमा सोमबार आकर्षक वृद्धि देखिएको हो। 

सोमबार ५५.८८ अंकले बढेर बजार २०६५.८९ बिन्दुमा पुगेको छ। जहाँ २ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ। १८० कम्पनीको सेयर मूल्य बढ्दा ४ कम्पनीको मूल्यमा गिरावट आएको छ। 

गएको साता ७८.४ र त्यसअघिको साता २७.२५ अंकसहित १०५.६५ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि राताम्य भएको थियो। आइतबार २७.९२ अंकले घटेर बजार २०१०.०१ बिन्दुमा झरेको थियो। 

गएको साता आइतबार १०.२७ अंकले बढे पनि सोमबार १७.६७ अंक, मंगलबार ४५.४२ अंक र बुधबार ५.९१ अंकले घट्यो। गएको साताको अन्तिम कारोबारमा बिहीबार बजार १९.०६ अंकले घटेको थियो। 

बैंक तथा वित्तीय संस्थाहरूको सुधार देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। पछिल्लो केही समयदेखि बजारमा लगातार उतारचढाव देखिइरहेको छ। केही अंकको वृद्धिसँगै ठूला लगानीकर्ताको चलखेल हुँदै बजार घट्ने देखिने गरेको छ।

लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ।


प्रकाशित : सोमबार, साउन ३० २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend