शनिबार, वैशाख १५ गते २०८१    
images
images

घाँस उत्पादन गर्ने किसानलाई महानगरबाट अनुदान

images
बिजनेस न्युज
images
images
घाँस उत्पादन गर्ने किसानलाई महानगरबाट अनुदान
images
images

कास्की- पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरेको छ। घाँसमा आधारित पशुपालनमा जोड दिन महानगरले किसानलाई नगद अनुदान दिएको हो। महानगरको सघन घाँस विकास कार्यक्रम अन्तर्गत महानगरभित्र घाँस खेती गर्ने ९३  किसानलाई रु १४ लाख ६५ हजार ५ सय ९० रुपैयाँ अनुदान दिइएको हो।

images
images
images

महानगरमा गत आर्थिक वर्षमा चार सय ८९ रोपनी क्षेत्रफलमा घाँस लगाइएको र सात हजार तीन सय ३५ मेट्रिक टन घाँस उत्पादन भएको महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए। उनका अनुसार महानगरमा १० रोपनी क्षेत्रफलभन्दा बढी घाँस लगाउने १३, पाँच देखि नौ रोपनीमा लगाउने २२, दुई देखिमाथि र पाँच रोपनी भन्दा कम लगाउने किसानको सङ्ख्या ५८ जना रहेको छ। 
 
महानगरले प्रति रोपनी तीन हजारका दरले अनुदान उपलब्ध गराएको छ। महानगरका ९३ जना किसानले छ हजारदेखि ६० हजारसम्म अनुदान प्राप्त गरेका छन्। सबैभन्दा बढी २० रोपनीमा घाँस लगाउने मीना तिवारी र नन्दप्रसाद पोखरेललाई जनही ६०/६० हजार अनुदान प्रदान गरिएको छ।

images

अनुदान प्राप्त गरेका पोखरेलले पहिलो पटक सरकारी अनुदान पाउँदा खुसी लागेको बताए। महानगर पशु शाखाले आइतबार आयोजना गरेको अनुदान वितरण कार्यक्रममा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताए। 

images

महानगरले आधारभूत कृषि उत्पादनमा आत्मनिर्भर हुने नीति लिएको छ। सो नीति कार्यान्वनयनका लागि भैँसी, बाख्रा, तरकारी तथा कृषि खाद्यबाली उत्पादन गर्ने व्यावसायिक किसानलाई नगद अनुदान प्रदान गरिँदै आइएको छ। रासस

images
images

images

प्रकाशित : सोमबार, साउन ३० २०७९०८:४९
प्रतिक्रिया दिनुहोस