शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

एचआईडीसीएलको नाफा अर्ब नजिक, अन्य सूचक कस्तो?

सोमबार, साउन ३० २०७९
एचआईडीसीएलको नाफा अर्ब नजिक, अन्य सूचक कस्तो?

काठमाडौं- हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआईडीसीएल) कम्पनीको नाफा २२ प्रतिशत बढेको छ। कम्पनीले ९७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

कम्पनीले गतवर्ष नाफा ७९ करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीको १२ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा छ।

असार मसान्तसम्म कम्पनीले जलविद्युत आयोजनामा ६ अर्ब ४५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी खुम्चिएको हो। ४.८५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी ४.७१ रुपैयाँ कायम छ। 

यस अवधिमा कम्पनीको चुक्ता पुँजी २० अर्ब ७१ करोड रुपैयाँ छ। साढे २५ प्रतिशतको वृद्धि चुक्ता पुँजीमा देखिन्छ। यस्तै, जगेडामा १ अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ। सो अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ १०८.०८ रुपैयाँ कायम छ। 

 


प्रकाशित : सोमबार, साउन ३० २०७९०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend