शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

पश्चिम सेती र एसआर-६ परियोजना निर्माणका लागि बिहीबार भारतीय कम्पनी एनएचपीसीसँग सम्झौता हुने

images
images
images
पश्चिम सेती र एसआर-६ परियोजना निर्माणका लागि बिहीबार भारतीय कम्पनी एनएचपीसीसँग सम्झौता हुने
images
images

काठमाडौं- लगानी बोर्डले पश्चिम सेती र एसआर-६ परियोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसीसँग आगामी बिहीबार सम्झौता गर्ने भएको छ। गत सोमबार बसेको बोर्ड बैठकले सहमतिपत्र (एमओयू) स्वीकृत गरेको थियो भने बिहीबारकै मन्त्रीपरिषद्ले सम्झौतापत्रलाई अनुमोदन गरेको थियो।  

images
images
images

बोर्डले भारतीय कम्पनीले वित्तीय व्यवस्थापनका लागि २०८१ असार ३० भित्र लगानी जुटाउनुपर्ने निर्णयसमेत गरेको थियो। सरकारले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्नेगरी दुई परियोजना एकै कम्पनीलाई दिएको हो। 

images

सम्झौतापत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र एनएचपीसी अध्यक्ष तथा प्रबन्ध निर्देशक अभय कुमार सिंहले हस्ताक्षर गर्ने लगानी बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिए। ‘सबै तयारी पूरा भएको छ, बिहीबार दुईपक्षीय सम्झौता हुन्छ,’ लम्सालले भने। सम्झौतपत्र सीईओ भट्टको नेतृत्वमा तयार पारिएको हो। 

images

सरकारले ७५० मेगावाटको पश्चिम सेती र ३०८ मेगावाटको एसआर-६ परियोजना भारतीय कम्पनी एनएचपीसीलाई निर्माणको जिम्मा दिनेगरी निर्णय गरेको थियो। 

images
images

प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष प्राथमिकता दिएको सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना ‘पश्चिम सेती परियोजना’ निर्माणमा अगाडि बढाउन तदारुकता देखाएसँगै लगानी बोर्ड र राष्ट्रिय योजना आयोगले चासो दिएका थिए। सरकारले चालु आर्थिक वर्षभित्रै ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनालाई विशेष प्राथमिकता दिने गरी बजेटमार्फत घोषणा गरेको थियो। 

मोडालिटीसहितको प्रतिवेदन बनाउन योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा सुझाव समिति गठन गरिएको थियो। 

आयोजना बनाउन यसअघि १ खर्ब ६५ अर्ब लागत अनुमान गरिएको छ। गत बैशाखमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय कम्पनीलाई जिम्मा दिने घोषणा गरेका थिए। चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएको दुई वर्षपछि भारतलाई दिने गरी सरकारले तयारी गरेको थियो। 

२४ वर्षअघि अष्ट्रेलियाको स्मेक कम्पनीले पनि पश्चिम सेती निर्माणको जिम्मा लिएको थियो। तर १७ वर्षसम्म १० पटकसम्म इजाजतपत्र नवीकरण गर्दा पनि काम अगाडि नबढेपछि सरकारले इजाजत रद्द गरेको थियो। त्यसपछि सन् २०१२ मा यो आयोजना चिनियाँ थ्री गर्जेजलाई दिइएको थियो। अध्ययनअनुसार यो परियोजना ६५२ मेगावाटसम्म बन्नसक्छ। यसका लागि २०७ मिटर अग्लो बाँध बाँध्नुपर्छ।

लगानी बोर्डले पश्चिम सेतीसँगै एसआर-६ आयोजना पनि अगाडि बढाउने निर्णय गरेको हो। एसआर-६ लाई पनि एकैसाथ अगाडि बढाउन पनि अध्ययन सुरु गरिएको थियो। बुढीगंगा र पश्चिमसेतीको तल्लो भाग एसआर-६ भने ३०८ मेगावाट क्षमताको रहेको छ। 

पश्चिम नेपाललाई विद्युतीय हाई-वेमा जोड्न निर्माण हुन लागेको चैनपुर-वनलेख-न्यू अत्तरिया प्रसारणलाइन निर्माणले गति लिएको छ। वर्षौंदेखि निर्माण गर्ने योजना भएपनि अघि बढ्न नसकेको प्रसारणलाइनले अहिले गति लिएको हो।

चैनपुर-वनलेख  प्रसारणलाइन नेपाल र भारत सिमानामा रहेको लम्के-बरेली प्रसारणलाइनमा जोडिने छ। १०५८ सय मेगावाटको संयुक्त पश्चिमसेती जलविद्युत् आयोजना भारतीय कम्पनीले लिएलगत्तै लगानी बोर्डले चैनपुर-वनलेख-न्यू अत्तरिया प्रसारणलाइन आयोजनाका लागि ऋण जुटाउने भएको हो। ४०० केभीको सो प्रसारण लाइन निर्माण गर्न १६ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ। 

गत महिनामात्रै सरकारले पश्चिम सेती र सेती नदी-६ जलविद्युत आयोजनालाई एकीकृत गरी निर्माण गरिएको ‘संयुक्त पश्चिम सेती’ भारतीय सरकारी कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिकपावर कर्पोरेसन (एनएचपीसी)लाई दिने निर्णय गरेको थियो। 

images

प्रकाशित : सोमबार, साउन ३० २०७९०७:०६

प्रतिक्रिया दिनुहोस