शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

खप्तड लघुवित्तको आईपीओ आउँदै, आवेदन कतिसम्म दिन पाइन्छ?

सोमबार, साउन ३० २०७९
खप्तड लघुवित्तको आईपीओ आउँदै, आवेदन कतिसम्म दिन पाइन्छ?

काठमाडौं- खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। लघुवित्तले ४ करोड जारी पुँजीको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।

लघुवित्तले निष्कासन गर्न लागेको कुल सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ। माग मबोजिम आवेदन नपरेमा भदौ २२ गतेसम्म आवेदन दिने समय थप हुनेछ।  लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३ सय २० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ डबल बी माइनस रेटिङ प्रदान गरेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।


प्रकाशित : सोमबार, साउन ३० २०७९०३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend