बुधबार, वैशाख १२ गते २०८१    
images
images

किसानले ६ ट्रक रासायनिक मल नियन्त्रणमा लिए, मलको कोटा वृद्धि गर्न माग

images
बिजनेस न्युज
images
images
किसानले ६ ट्रक रासायनिक मल नियन्त्रणमा लिए, मलको कोटा वृद्धि गर्न माग

सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै किसानहरूले मल नियन्त्रणमा लिएका हुन्।

images
images

वीरगञ्ज- किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको ६ ट्रक मल नियन्त्रणमा लिएका छन्।

images
images
images

कृषकले मल ‘लोड’ गरिएको ट्रक नियन्त्रणमा लिएपछि त्यहाँ पुगेका वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले जिल्लामा मलको कोटा वृद्धि गर्न पहल गर्ने जानकारी दिए। 

images

किसानले नियन्त्रणमा लिएका सो मल बालमन्दिर प्राङ्गणमा राखिएको छ।  सो विषयमा महानगरप्रमुख सिंह र कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रकाश चौलागाईंसहितको टोलीसँग छलफल भएको छ।  

images

पर्सामा सो कम्पनीको प्रादेशिक कार्यालयबाटै मल वितरण हुँदै आएको छ।

images
images

वीरगञ्ज महानगरले यहाँका कृषकका लागि आठ हजार मेट्रिक टन मल आवश्यक रहेको भए पनि हालसम्म लिमिटेडले आठ सय मेट्रिक टन मात्रै उपलब्ध गराउने कोटा निर्धारण गरेको जनाएको छ। रासस

images

प्रकाशित : सोमबार, साउन ३० २०७९०३:१४
प्रतिक्रिया दिनुहोस