शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

बर्ड फ्लू नियन्त्रणमा खटिनेले पाउने सुविधासहितको मापदण्ड जारी, १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा

images
images
बर्ड फ्लू नियन्त्रणमा खटिनेले पाउने सुविधासहितको मापदण्ड जारी, १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा

बिदाको दिनमा काम गरेबापत प्रत्येक दिनका लागि पाउने तलब वा ज्यालामा पाउने रकममा थप शतप्रतिशत आर्थिक सुविधा र अर्थ मन्त्रालयबाट जारी कार्य सञ्चालन निर्देशिकामा तोकिएबमोजिम खाना र खाजा खर्च पाउने

images
images

काठमाडौं- सरकारले बर्ड फ्लू नियन्त्रण कार्यका लागि खटाइएका कर्मचारी वा व्यक्तिलाई उपलब्ध गराइने प्रोत्साहन सुविधासम्बन्धी मापदण्ड, २०७९ जारी गरेको गरेको छ।

images
images
images

बर्ड फ्लू नियन्त्रण कार्यका लागि रोग नियन्त्रण कक्ष, प्रयोगशाला, आकस्मिक रोग अन्वेषण, रेपिड रेस्पोन्स समेतका प्रतिकार्यमा खटाइएका कर्मचारी वा व्यक्तिलाई प्रोत्साहन सुविधा उपलब्ध गराउन बर्ड फ्लू नियन्त्रण नियमावली, २०७८ को नियम १४ बमोजिम नेपाल सरकारले यो मापदण्ड बनाएको जनाएको छ।

images

मापदण्डमा नियमानुसार प्रतिदिन पाउने तलब वा प्रचलित ज्यालामा शतप्रतिशतको आर्थिक सुविधा दिने उल्लेख छ।

images

यसैगरी बिदाको दिनमा काम गरेबापत प्रत्येक दिनका लागि पाउने तलब वा ज्यालामा पाउने रकममा थप शतप्रतिशत आर्थिक सुविधा र अर्थ मन्त्रालयबाट जारी कार्य सञ्चालन निर्देशिकामा तोकिएबमोजिम खाना र खाजा खर्च पाउने मापदण्डमा उल्लेख छ।

images
images

साथै मापदण्डमा विभाग, प्रदेशस्तरको कार्यालय वा स्थानीय तहबाट खटिने टोली प्रमुख, नियन्त्रण कक्ष प्रमुख र सूचना अधिकारीलाई सञ्चार खर्चबापत एक कार्य अवधिका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ दिने विषय मापदण्डमा उल्लेख छ।

यसैगरी खटिएको अवधिमा गरिने स्वास्थ्य परीक्षण तथा औषधि उपचार खर्च, कर्मचारी र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति समेतको खटिएको अवधिको लागि दश लाख रुपैयाँको जोखिम बीमा वा जोखिम बीमा नगरेको अवस्थामा कर्मचारी र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति समेतको रोग नियन्त्रणका लागि खटिएको अवधिमा वा खटिएको मितिले ४२ दिनभित्र सोही रोगको कारणबाट बिरामी भएमा निःशुल्क उपचार वा मृत्यु भएमा प्रत्येक मृतकको परिवारलाई नेपाल सरकारले दश लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने मापदण्डमा उल्लेख छ।

images

प्रकाशित : आइतबार, साउन २९ २०७९१२:०१

प्रतिक्रिया दिनुहोस