शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सेयर बजारमा लगातार १३३ अंकको गिरावट, के खोजिरहेका छन् लगानीकर्ता?

आइतबार, साउन २९ २०७९
सेयर बजारमा लगातार १३३ अंकको गिरावट, के खोजिरहेका छन् लगानीकर्ता?

काठमाडौं- गएको साता ७८.४ र त्यसअघिको साता २७.२५ अंकसहित १०५.६५ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि राताम्य भएको छ। 

आइतबार २७.९२ अंकले घटेर बजार २०१०.०१ बिन्दुमा झरेको छ। जहाँ १ अर्ब ८७ करोड रुपैयाँको मात्र कारोबार भएको छ। 

सेयर बजारमा लगातार १३३.५७ अंकको गिरावट आइसकेको छ। गएको साता आइतबार १०.२७ अंकले बढे पनि सोमबार १७.६७ अंक, मंगलबार ४५.४२ अंक र बुधबार ५.९१ अंकले घट्यो। गएको साताको अन्तिम कारोबारमा बिहीबार बजार १९.०६ अंकले घटेको थियो। 

बैंक तथा वित्तीय संस्थाहरूको सुधार देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। 

लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार 'क्रयास' नजिक पुगिसकेको थियो। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजार थामिएको देखिए पनि लगानीकर्ताले विश्वासको आधार नभेट्दा पुन: घटिरहेको छ। गएको भदौको उच्च अंकदेखि घट्दो बजारमा प्रवेश गरेर उताचढाव भइरहँदा ठूला लगानीकर्ताको चलखेल भइरहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : आइतबार, साउन २९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend