शुक्रबार, चैत १६ गते २०८०    
images
images

सेयर बजारमा लगातार १३३ अंकको गिरावट, के खोजिरहेका छन् लगानीकर्ता?

images
images
सेयर बजारमा लगातार १३३ अंकको गिरावट, के खोजिरहेका छन् लगानीकर्ता?
images
images

काठमाडौं- गएको साता ७८.४ र त्यसअघिको साता २७.२५ अंकसहित १०५.६५ अंकले घटेको सेयर बजारमा यो साताको पहिलो कारोबार पनि राताम्य भएको छ। 

images
images
images

आइतबार २७.९२ अंकले घटेर बजार २०१०.०१ बिन्दुमा झरेको छ। जहाँ १ अर्ब ८७ करोड रुपैयाँको मात्र कारोबार भएको छ। 

images

सेयर बजारमा लगातार १३३.५७ अंकको गिरावट आइसकेको छ। गएको साता आइतबार १०.२७ अंकले बढे पनि सोमबार १७.६७ अंक, मंगलबार ४५.४२ अंक र बुधबार ५.९१ अंकले घट्यो। गएको साताको अन्तिम कारोबारमा बिहीबार बजार १९.०६ अंकले घटेको थियो। 

images
images

बैंक तथा वित्तीय संस्थाहरूको सुधार देखिइरहँदा पनि सेयर बजारमा भने त्यसको प्रभाव देखिन सकेको छैन। सेयर बजारमा लगानीकर्ताले विश्वासको वातावरण नभेट्दा अबको बजार कता जान्छ भन्ने अनुमान गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। 

लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ।

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार 'क्रयास' नजिक पुगिसकेको थियो। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजार थामिएको देखिए पनि लगानीकर्ताले विश्वासको आधार नभेट्दा पुन: घटिरहेको छ। गएको भदौको उच्च अंकदेखि घट्दो बजारमा प्रवेश गरेर उताचढाव भइरहँदा ठूला लगानीकर्ताको चलखेल भइरहेको विश्लेषकहरू बताउँछन्। 

images

प्रकाशित : आइतबार, साउन २९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ