बिहीबार , वैशाख १३ गते २०८१    
images
images

काठमाडौं र झापामा ६ अर्ब ६० करोडको लगानीमा तीनवटा तारे होटल थपिँदै

images
images
images
काठमाडौं र झापामा ६ अर्ब ६० करोडको लगानीमा तीनवटा तारे होटल थपिँदै
images
images

काठमाडौं- काठमाडौं र झापामा तीनवटा तारे होटल थपिने भएको छ। उद्योग विभागका अनुसार झापामा दुईवटा र काठमाडौंमा एउटा तारे होटल निर्माणका लागि भन्दै उद्योगमा दर्ता भएको छ।

images
images
images

काठमाडौंमा २ अर्ब ४० करोडको लगानीमा तारे होटल बन्न लागेको हो। काठमाडौंमा बुढानिलकण्ठमा बुढानिलकण्ठ हेरिटेज लिमिटेड दर्ता भएको छ। बुढानिलकण्ठ हेरिटेज होटलमा २ अर्ब ४० करोडको लगानी प्रतिवद्धता आएको छ। होटलमा १ सय २ बेड र ३ सय सिट क्षमताको रेष्टुँरा बन्ने छ। सतप्रतिशत नेपाली लगानी रहेको होटलमा १ हजार ५ सय केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ।

images

झापामा ४ अर्ब २० करोड रुपैयाँभन्दा बढीको लागतमा दुईवटा तारे होटल निर्माण हुन लागेको हो। उद्योग विभागका अनुसार झापाको मेचिनगरमा नगरपालिका वडा नम्बर १० मा होटल ईष्टन र मेचिनगरकै वडा नम्बर १३ मा आयुष्मान होटल सञ्चालन गर्ने गरी उद्योगमा दर्ता भएको हो।

images

होटल ईष्टनमा १ अर्ब ६९ करोड ७ लाख ७१ हजार ९ सय ७५ रुपैयाँको लगानी प्रतिवद्धतासँगै उद्योग दर्ता भएको छ। ईष्टन होटलमा ९९ बेड तथा २५० सिट क्षमताको रेष्टुँरा बन्ने दर्ता विवरणमा उल्लेख छ। होटलमा सतप्रतिशत नै नेपाली लगानी रहेको छ भने १ सय ७० जनाले रोजगारी पाउने उल्लेख छ। होटलले ५ सय केभीए बिजुली खपत गर्ने दर्ता विवरणमा उल्लेख छ।

images
images

यसैगरी झापाको मेचिनगरमै २ अर्ब ५१ करोड रुपैयाँको लगानीमा आयुष्मान होटल बन्ने गरी उद्योग विभागमा दर्ता भएको छ। ९५ बेड क्षमताको होटलमा १ सय ९० जना क्षमताको रेष्टुरा समेत बने छ। सत प्रतिशत नेपाली लगानी रहने होटलमा ३ सय जनाले रोजगारी पाउनुको साथै १ हजार केभीए बिजुली समेत खपत हुने दर्ता विवरणमा उल्लेख छ।

images

प्रकाशित : आइतबार, साउन २९ २०७९०८:३६

प्रतिक्रिया दिनुहोस