शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

हिमालयन डिष्टिलरीको वित्तीय विवरणले लगानीकर्ता त्रासमा हुँदा सेयर मूल्यमा भारी गिरावट, मूल्य कतिसम्म आउला?

आइतबार, साउन २९ २०७९
हिमालयन डिष्टिलरीको वित्तीय विवरणले लगानीकर्ता त्रासमा हुँदा सेयर मूल्यमा भारी गिरावट, मूल्य कतिसम्म आउला?

काठमाडौं- गतवर्ष नाफा कमाउन नसकेको हिमालयन डिष्टिलरी लिमिटेडको सेयर मूल्यमा आइतबार भारी गिरावट आएको छ। कम्पनीले आइतबार गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। नाफा हुने आशामा महँगोमा सेयर खरिद गरेका लगानीकर्ता त्रासमा हुँदा सेयर मूल्यमा भारी गिरावट आएको हो। 

कम्पनीको साताको पहिलो दिन आइतबार नै प्रतिकित्ता २२९ रुपैयाँले घटेको छ। जुन ६.१० प्रतिशत हो। कम्पनीको अन्तिम कारोबार ३५२६ रुपैयाँमा भएको थियो। लगानीकर्ता त्रासमा हुँदा बिक्रीमा चाप परेको थियो। जसका कारण ४६ हजार २२९ कित्ता सेयर किनबेच हुँदा १६ करोड ५३ लाख रुपैयाँ बजारको कारोबार भएको छ। पछिल्लो ५२ हप्तामा कम्पनीको सेयर मूल्य बढेर ७९३८ रुपैयाँ पुगेको थियो भने घटेर २८२५ रुपैयाँसम्म आइपुगेको थियो। 

hdl.PNG

यस्तो छ कम्पनीको सूचक

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशत मात्र बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी १६.५४ प्रतिशत र कुल नाफा १२.५० प्रतिशत बढेको छ। त्यसैगरी कुल सञ्चालन आम्दानी ९.१६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.५० प्रतिशत घटेको छ। कम्पनीको बिक्री तथा वितरण खर्च बढेका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो। जसले गर्दा नाफामा पनि दबाब परेको हो।

७५ प्रतिशत बोनस सेयर वितरण गरेको यस कम्पनीको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा ५०.५२ रुपैयाँ घटेर ६९.५० पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.२२रुपैयाँ रहेको छ। 


प्रकाशित : आइतबार, साउन २९ २०७९०९:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend