शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सूर्या लाइफ इन्स्योरेन्सको ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २९ २०७९
सूर्या लाइफ इन्स्योरेन्सको ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन

काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १८.६८ प्रतिशतले धेरै हो।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४ अर्ब १४ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको खुद नाफा भने ३३.७४ प्रतिशतले घटेर १३ करोड ४५ लाख रुपैयाँ सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २० करोड ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६६ करोड ५६ लाख रुपैयाँ, बीमा कोषमा १४ अर्ब ९४ लाख रुपैयाँ र महावित्ती कोषमा १६ करोड ७ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.२८ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १२३.३७ रुपैयाँ रहेको छ। 


प्रकाशित : आइतबार, साउन २९ २०७९०८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend