मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

सूर्या लाइफ इन्स्योरेन्सको ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २९ २०७९
images
images
सूर्या लाइफ इन्स्योरेन्सको ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन
images
images

काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा १८.६८ प्रतिशतले धेरै हो।

images
images

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४ अर्ब १४ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

images
images

यस अवधिमा कम्पनीको खुद नाफा भने ३३.७४ प्रतिशतले घटेर १३ करोड ४५ लाख रुपैयाँ सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २० करोड ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

images
images
images

चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६६ करोड ५६ लाख रुपैयाँ, बीमा कोषमा १४ अर्ब ९४ लाख रुपैयाँ र महावित्ती कोषमा १६ करोड ७ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.२८ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १२३.३७ रुपैयाँ रहेको छ। 


प्रकाशित : आइतबार, साउन २९ २०७९०८:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend