शुक्रबार, असार १३ गते २०८२    
शुक्रबार, असार १३ २०८२
images
images

रहेनन् सेयरका भारतीय बादशाह राकेश झुनझुनवाला : ५ हजारमा सेयर बजारदेखि एयरलाइन्स कम्पनीसम्म

images
आइतबार, साउन २९ २०७९
images
images
रहेनन् सेयरका भारतीय बादशाह राकेश झुनझुनवाला : ५ हजारमा सेयर बजारदेखि एयरलाइन्स कम्पनीसम्म

केही समयअघि मात्रै उनले ५० मिलियन डलरको लगानीमा अकासा नामको एयरलाइन्ससमेत सुरु गरेका थिए। 

images
images

काठमाडौं- भारतका चर्चित सेयर खेलाडी राकेश झुनझुनवालको निधन भएको छ। ६२ वर्षका झुनझुनवालाको विभिन्न स्वास्थ्य समस्याका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

images
images

बिरामी भएर अस्पताल भर्ना भएका झुनझुनवालालाई मुम्बईको ब्रीच अस्पतालले दुई हप्ताअघि डिस्चार्ज गरेको थियो। तर स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान पौने ७ बजे उनलाई फेरि अस्पताल लगिएको थियो। अस्पतालले झुनझुनवालाको मृत्यु भएको पुष्टि गरेको छ।

images
images

आफ्नो पिताबाट प्रेरणा लिएर सन् १९८५ मा ५ हजार रुपैयाँमा सेयर मार्केट प्रवेश गरेका झुनझुनवालालाई भारतका ‘वारेन बफेट’ भनेर पनि चिनिन्छ। उनले सेयरबजारबाट अर्बौं रुपैयाँ कमाएर एयरलाइन्स कम्पनीमा लगानी गरेका थिए। अहिले उनी ४० हजार करोड रुपैयाँको मालिक थिए। अहिले उनी भारतको ३६औँ धनी व्यक्ति रहेको फोर्ब्सले जनाएको छ।

images
images
images

उनले सन् १९८६ मा टाटा टीको पाँच हजार कित्ता सेयर ४३ रुपैयाँको हिसाबमा किनेपछि माथि लागेका थिए। उनले टाटाको सेयर तीन महिनामा नै १४३ रुपैयाँका दरले बेचेका थिए। जसले उनलाई माथि उठायो। त्यसपछि नै उनले २ लाख १५ हजार लगानी गरेर छोटो समयमै पाँच लाख रुपैयाँसमेत कमाएका थिए। त्यसको तीन वर्षमा त उनी सेयर बजारबाटै करोडपतिका रुपमा चिनिए। 

उनले सन् २००३ मा टाटा समूहकै कम्‍पनी टाइटनमा पैसा लगाएका थिए। ३ रुपैयाँको हिसाबले टाइटनको ६ करोड कित्ता सेयरबाट उनी अझ अघि बढेका थिए। केही समयअघि मात्रै उनले ५० मिलियन डलरको लगानीमा अकासा नामको एयरलाइन्ससमेत सुरु गरेका थिए। 


प्रकाशित : आइतबार, साउन २९ २०७९०४:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend