शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

फिनल्याण्डमा तीज कार्यक्रममा ऊर्जामन्त्री भुसालले भनिन्- नेपालमै सुखी जीवन बिताउन सकिन्छ 

images
बिजनेस न्युज
images
images
फिनल्याण्डमा तीज कार्यक्रममा ऊर्जामन्त्री भुसालले भनिन्- नेपालमै सुखी जीवन बिताउन सकिन्छ 

मन्त्री भुसालले आफूले कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ अगाडि बढेको र आगामी दिनमा पूरा हुने बताइन्।

images
images

फिनल्याण्ड- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छिन्। उनले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिइन्।

images
images
images

तीजको अवसरमा फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भनिन्, 'यहाँहरुले यहाँ बसेर कामलाई पूजा गर्न सिक्नुभएको छ, नेपालमा पनि यो संस्कारलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ, आत्मविश्वास र स्वाधिनताको भावना बोकेर नेपाल आउनुहोस्, यहाँ जत्तिको पसिना नबगाइकन स्वदेशमै सुखी जीवन बिताउन सकिन्छ।'

images

नेपालमा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको उल्लेख गर्दै उनले भनिन्, 'अबको नेपालको उद्देश्य आर्थिक र सामाजिक विकास हो, सबैले शिक्षा, रोजगार, आवास र स्वास्थ्य पाउन सक्ने अवस्था हामीले संविधानमै व्यवस्था गरेका छौँ। यहाँहरू पनि नेपालमा आएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस्।'

images

विकसित देशका राम्रा कुरा सिकेर आफ्नै देश निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै उनले फिनल्याण्डवासीले आर्थिक समृद्धिमा अगाडि बढेजस्तै नेपालीले पनि आफ्नो देशलाई आर्थिकरूपमा सबल बनाउनका लागि विश्वभरका नेपाली लाग्नुपर्ने बताइन्। मन्त्री भुसालले भनिन्, 'प्रकृतिले दिएको साधन र स्रोतलाई उपयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्छ। कला, संस्कृतिका हिसाबले पनि अद्वीय नेपालमै राम्रो काम गर्न सकिन्छ भन्ने मनन गर्नुपर्छ।'

images
images

कृषि, जलस्रोत र पर्यटनको विकास तथा प्रवर्द्धन गरेर नै नेपाल समृद्ध बन्न सक्ने विश्वास व्यक्त गर्दै उनले नेपालले पछिल्लो समय विद्युत् निर्यात गरेर राम्रो आम्दानी गर्न थालेको जानकारी दिइन्। मन्त्री भुसालले आफूले कृषियोग्य जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ अगाडि बढेको र आगामी दिनमा पूरा हुने बताइन्। उनले भनिन्, 'आफ्नो देशको उर्वराभूमि, प्राकृतिक सम्पदा एवं साधन स्रोत सम्झेर सबै नेपालीलाई नेपाल फर्कन आग्रह गर्दछु।'

नेपाली समाजलाई एकीकृत गरेर आफ्ना हक अधिकारका लागि अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भनिन्, 'फिनल्याण्डमा बस्ने नेपालीहरू एकीकृत हुनुपर्छ, आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागि सामूहिक पहल गर्नुपर्छ। विदेशमा बसेर आफूहरूबीच नै विभाजनको मनस्थिति राख्नु हुँदैन, राजनीति गर्न हुँदैन।'

उनले काउन्सुलर अफिस स्थापना गरेर नेपालीलाई भिसाका लागि हुने समस्यालाई समाधान गर्न पहल गर्ने विश्वास दिलाइन्। मन्त्री भुसालले युरोपेली सङ्घभित्रको फिनल्याण्डमा राजनीतिक तथा प्रशासनिक काममा महिला अगाडि बढेको अवस्थालाई अनुशरण गर्दै नेपाली महिलाले पनि आफ्ना क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्।

जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिम कम गर्ने विषयमा नेपाल सरकार र फिनीस सरकारबीच हुँदै आएको सहकार्यको निरन्तरता एवं उच्चस्तरीय अध्ययन तथा छलफलका लागि मन्त्री भुसालसहित जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईसहित उच्चस्तरीय टोली फिनल्याण्ड आएको छ। रासस

images

प्रकाशित : आइतबार, साउन २९ २०७९०३:५७
प्रतिक्रिया दिनुहोस