शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

धौलागिरि लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने?

आइतबार, साउन २९ २०७९
धौलागिरि लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्ने?

काठमाडौं- धौलागिरि लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ। 

कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो। कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १ सय ५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५ सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ। बाँकी रहेको ३ लाख ९ हजार २ सय ९५ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

आईपीओ निष्कासनका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस आईएस प्रदान गरेको छ।


प्रकाशित : आइतबार, साउन २९ २०७९०३:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend