शनिबार, वैशाख ८ गते २०८१    
images
images

नेपाल विश्वमै सबैभन्दा धेरै तोरी उत्पादन गर्ने देश

राष्ट्रसंघीय संस्था एफएओको तथ्यांकअनुसार सन् २०२० मा नेपालमा २ लाख १४ हजार ५५ टन तोरी उत्पादन, दोस्रोमा रसिया

images
images
नेपाल विश्वमै सबैभन्दा धेरै तोरी उत्पादन गर्ने देश

सबैभन्दा धेरै उत्पादन गर्ने देश नेपाल आयातमा पनि संसारमै चाैथो नम्बरमा परेको छ। आव २०७८/७९ मा ३ अर्ब  ८८ करोड रुपैयाँको तोरी आयात भएको छ।

images
images

काठमाडौं- खाद्य तथा कृषिसम्बन्धी विश्वव्यापी तथ्यांक राख्ने सयुक्त राष्ट्र संघको विशिष्टीकृत संस्था खाद्य र कृषि संस्था(एफएओ)का अनुसार नेपाल संसारमै धेरै तोरी उत्पादन गर्ने देश हो। 

images
images
images

एफएओको सन् २०२० सम्मको तथ्यांकअनुसार नेपाल संसारमै धेरै तोरी उत्पादन गर्ने देश हो। एफएओको पछिल्लो उक्त तथ्यांकअनुसार नेपालमा वर्षमा २ लाख १४ हजार ५५ टन तोरी उत्पादन भएको छ। यो संसारका कुनै पनि देशको उत्पादनभन्दा धेरै हो। 

images

एफएओको तोरी उत्पादक देशहरुको सूचीमा नेपाल एक नम्बरमा छ। नेपालपछि दोस्रो नम्बरमा रसिया रहेको छ। रसियाले वर्षमा १ लाख ३ हजार ३३ टन तोरी उत्पादन गर्छ। त्यस्तै तेस्रो नम्बरमा क्यानडा रहेको छ। 

images

एफएओले सरकारकै अनुमानित तथ्यांकको आधारमा सूचीकरण गर्छ।

images
images
tori.png

संसारमै धेरै तोरी उत्पादन गर्ने देश भए पनि  नेपाल निर्यात गर्ने मुलुकको सूचीमा भने छैन। नेपालले तोरी निर्यातको साटो उल्टो आयात गर्दै आएको छ। नेपालमा बर्सेनि तोरीको आयात बढिरहेको छ, जुन पछिल्ला वर्षमा झन् तीव्र बनेको छ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो चार वर्षमै तोरी आयात दोबर भएको छ। २०७५/७६ मा १ अर्ब १५ करोड रुपैयाँको तोरी आयात भएको थियो। २०७८/७९ मा ३ अर्ब  ८८ करोड रुपैयाँको तोरी आयात भएको छ। एफएओको तथ्यांकमा पनि नेपाल तोरी आयात गर्ने देशको सूचीमा चार नम्बरमा रहेको छ।

नेपालमा तोरी भने भारत, रसिया तथा काजगस्तान जस्ता देशबाट आयात हुँदै आएको छ।

नेपालमा उत्पादन हुने खाद्य बालीको वास्तविक तथ्यांकको अभावमा उत्पादनको आँकडामै पछिल्लो समय प्रश्न उठ्दै आएको छ। धान, गहुँ र मकै जस्ता मुख्य बालीकै तथ्यांकमा प्रश्न उठिरहेको छ। कतिपय कृषिमन्त्रीहरूले नै नेपालमा कृषिको वास्तविक तथ्यांकको अभाव रहेको बताँउँदै आएका छन्। 

एफएओको तथ्यांकअनुसार नेपाल धेरै तोरी उत्पादन गर्ने मुलुक मात्र होइन तोरी उत्पादनमा बर्सेनि बढोत्तरी पनि भइरहेको छ। तथ्यांकअनुसार सन् २००० पछि निरन्तर बढेको तोरी उत्पादन सन् २०१२ मा गएर ब्रेक लागेको छ।

सन् २०११ मा १ लाख ७६ हजार १८६ टन तोरी उत्पादन भएको थियो। त्यसपछि सन् २०१२ मा १ लाख ४५ हजार टनमा सीमित भएको थियो। सन् २०१६ सम्म यस्तो उतारचढाव भएपनि सन् २०११ को जति उत्पादन तह पुगेको थिएन। 

एफएओको तथ्यांकअनुसार सन् २०१७ पछि निरन्तर बढिरहेको छ। सन् २०१८ मा १ लाख ८२ हजार टन उत्पादन भएकोमा २०१९ मा बढेर २ लाख ९ हजार टन पुगेको थियो। उत्पादनमा वृद्धि तथ्यांकमा देखिए पनि त्यसको प्रभाव आयातमा भने देखिएको छैन। भन्सारको तथ्यांकअनुसार सन् २०१७ पछि नै तोरी आयातको वृद्धिदर उकालो लागिरहेको छ। 

images

प्रकाशित : आइतबार, साउन २९ २०७९०७:०६

प्रतिक्रिया दिनुहोस