आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

नेपाल  र बंगलादेशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ गर्न जोड

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १५ २०७८
नेपाल  र बंगलादेशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ गर्न जोड

भौगोलिक दुरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको नेपाल र बंगलादेशबी व्यापरिक सम्बन्ध आसातित रुपमा बलियो हुन नसकेको उनीहरुको भनाइ छ।  

काठमाडौं- नेपाल र बंगलादेशबीच आगामी दिनमा आर्थिक सम्बन्धलाई सुदृढ बनाउन लैजाने विषष्मा छलफल भएको छ। शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीलेबीचकको छलफलमा उक्त विषयमा कुरोकानी भएको हो। 

भौगोलिक दुरीका हिसाबले जम्मा २७ किलोमिटर टाढा रहेको नेपाल र बंगलादेशबी व्यापरिक सम्बन्ध आसातित रुपमा बलियो हुन नसकेको उनीहरुको भनाइ छ।  

नेपालको कुल व्यापारमा दक्षिण एसियामा बंगलादेश दोस्रो ठूलो व्यापार साझेदार रहेको तथ्यांकले देखाउँछ। तर पनि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार पछिल्लो आर्थिक वर्षमा नेपालले जम्मा ५७ लाख डलर बराबर निर्यात र बंगलादेशबाट ९ करोड ६ लाख डलर बराबरको आयात गरेको थियो। 

यसरी हेर्दा दुवै मुलुकबीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ। नेपालले हाल मुसुरो दाल, खाद्य प्रिपरेशन, गहुँको चोकर, रंगरोगनका सामग्री, वनस्पति तथा वनस्पतिजन्य वस्तुलगायतका सामग्रीहरु निर्यात गर्दै आएको छ। जुट, औषधि, विद्युतीय सामानहरु आयात गर्दछ। 

२०७८ असारसम्म नेपालमा कृषि तथा वनमा आधारित, ऊर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी ७४ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन्। व्यापार घाटा कम गर्न तथा आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न उर्जा, पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उनीहरुले जोड दिए। 

महासंघका अध्यक्ष गोल्छाले बंगलादेश कम विकसित मुलुकबाट स्तरोन्नतिको प्रकृयामा रहेकोले सो सम्बन्धी अनुभव नेपालको लागि उपयोगी हुुने बताए।

बंगलादेशले छोटो समयमा गरेको आर्थिक विकासको अध्ययन गर्न नेपाली व्यवसायीहरुको टोली स्थलमार्गबाटै भ्रमण गर्ने योजना रहेको बताउँदै गोल्छाले बंगलादेशसँग आर्थिक सम्बन्ध मजवुद बनाउन नेपाली निजी क्षेत्र लालायित रहेकाले आर्थिक कुटनीतिमार्फत सहयोग गर्न आग्रह गरे। साथै उनले व्यापार घाटालाई कम गर्न नेपालबाट उर्जा निर्यात बलियो स्रोत हुने बताए।

भेटमा राजदूतले द्विपक्षीय व्यापार बढ्न नसकेकोले यसलाई गम्भीरतापुर्वक लिइ सम्भावनाका पाटाहरु खोज्नु पर्ने बताए। स्थलमार्गका साथसाथै हवाई मार्गबाट पनि नेपालको विराटनगर विमानस्थल र बंगलादेशको विमानस्थलबीच सीधा हवाइसेवा संचालन गर्न सकिने सम्भावना बारे समेत छलफल भएको थियो। 

राजदूत चौधरीले आफ्नोेतर्फबाट आपसी आर्थिक सम्बन्ध विस्तारका हरेक प्रयास र दुवै देशका निजी क्षेत्रबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा राजदूतावासको सदैव सहयोग रहने विश्वास दिलाए। 

भेटवार्तामा महासंघका उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई तथा कार्यकारिणी समिति सदस्य एवं व्यापार समिति सभापति विजयसिंह वैधको सहभागिता थियो। 


प्रकाशित : शुक्रबार, असोज १५ २०७८११:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend