शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

तिलावे नदीमा बनेको पक्की पुल सञ्चालनमा

images
शनिबार, साउन २८ २०७९
images
images
तिलावे नदीमा बनेको पक्की पुल सञ्चालनमा

उक्त पुलको एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले संयुक्तरुपमा उद्घाटन  गरेका हुन्। 

images
images

वीरगञ्ज- पर्साको ग्रामीण भेगका जनतालाई लक्षित गरी वीरगञ्ज महानगरपालिका-१७ र १९ जोड्ने तिलावे नदीमा निर्माण गरिएको पक्की पुलको आज उद्घाटन गरिएको छ। 

images
images

उक्त पुलको एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले संयुक्तरुपमा उद्घाटन  गरेका हुन्। 

images
images

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईले विभिन्न बहाना बनाएर समयमै आयोजनाको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने बताए।  मन्त्रालयअन्तर्गत रहेका विभिन्न सडक, खानेपानी, सिँचाइ अन्य पूर्वाधारसहितका राष्ट्रियस्तरका आयोजना समयमै निर्माण सम्पन्न होस् भन्ने उद्देश्यले मन्त्रालयले काम अघि बढाएको मन्त्री राईले बताए।  

images
images

सोही अवसरमा मन्त्री राईले पर्साको वीरगञ्जस्थित गण्डकदेखि मितेरी पुलसम्मको मेनरोड फराकिलो हुने जानकारी गराए। त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको साढे २२ मिटर दायाँ र साढे २२ मिटर बायाँ बनाइने उनले बताए। वीरगञ्जलाई ग्रामीण भेगसँग जोड्ने तिलावे पुलको उद्घाटन गर्दै मन्त्री राईले त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको सडकको अतिक्रमण हटाइने बताए। 

कार्यक्रममा वन तथा वातावरणमन्त्री यादवले वन तथा वातावरण मन्त्रालयका कारण अघि बढ्न नसकेकाले विभिन्न आयोजनाका फाइल कानुनबमोजिम समस्या समाधान गरिने बताए। लामो समयदेखि वन तथा वातावरण मन्त्रालयमा रोकिएका आयोजनाको फाइल कानूनले मिल्ने भए तत्काल समाधान गरी आयोजनालाई अघि बढाउन सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।  

पर्सासँग जोडिने सबै सडक निर्माणको कार्यलाई तत्काललाई सञ्चालन गराउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री यादवले ठोरीदेखि माडीसम्मको सडक विस्तारमा रहेको कानूनी अड्चनलाई हटाउँदै कार्य अगाडि बढ्ने बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित सो कार्यक्रममा  सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलगायतले पुल निर्माणबाट जिल्लावासीको यातायात व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : शनिबार, साउन २८ २०७९१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend