शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

उत्कृष्ट सूचक बनाएका पाँच लघुवित्त कम्पनी जसले दिनेछन् १०० प्रतिशतसम्म लाभांश, यस्तो छ वित्तीय विश्लेषण

images
images
images
उत्कृष्ट सूचक बनाएका पाँच लघुवित्त कम्पनी जसले दिनेछन् १०० प्रतिशतसम्म लाभांश, यस्तो छ वित्तीय विश्लेषण
images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सबैभन्दा धेरै लाभांश दिनसक्ने पाँच लघुवित्त कम्पनीको बारेमा विश्लेषण गरिएको छ। यी पाँच कम्पनीहरू जसले ५० देखि १०० प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता राख्दछन्। 

images
images
images

एक वर्षको रिपोर्टअनुसार कम्पनीको सेयरको बजार मूल्य र प्रतिसेयर आम्दानीबीचको अनुपात प्राइस टु अर्निङ (पीई) रेसियो साथै बजार मूल्य र किताबी मूल्यबीचको अनुपात प्राइस टु बुक भ्यालु (पीबी) रेसियो राम्रो देखिएको छ। जसका कारण पाँच लघुवित्तको सेयर घट्दो बजारमा खरिद गर्ने लगानीकर्ताहरूले राम्रो नाफा आर्जन गर्न सक्दछन्। 

images

जाल्पा सामुदायिक लघुवित्त

images

जाल्पा सामुदायिक लघुवित्तको नाफा खुम्चिएको छ। अन्य सूचकहरु उत्कृष्ट छन्। चालु वर्ष नै साधारण सेयर जारी गरेको कम्पनीले गतवर्षको नाफाबाट कम्तीमा ५० प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछ। दोस्रो बजारमा अहिले घट्दो सेयर मूल्य भएकोले जाल्पाका सेयरधनीले भविष्यमा राम्रो नाफा कमाउन सक्ने देखिएको छ।

images
images

अहिले मूल्य ३०८८ रुपैयाँमा कारोबार मूल्य रहेको छ। १२० दिनको कारोबार हेर्दा २१३९ रुपैयाँ रहेको छ। कम्पनीको उच्च मूल्य ३१३१ र न्यूनतम ३१८ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर आम्दानी ६१.६६ रुपैयाँ रहेको छ।

पीई रेसियो ५०.०८ प्रतिशत रहेको छ। बुक भ्यालु ३९५.४२ रुपैयाँ रहेको छ। यो कम्पनी अहिलेको अवस्थामा लगानीकर्ताका लागि आकर्षक रहेको छ। कम्पनीको लगानीकर्तालाई राम्रो लाभांश दिने भएकोले थोरै कित्ता खरिद गर्दा पनि राम्रै नाफा गर्न सक्ने देखिन्छ। 

कम्पनीको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। यस लघुवित्त वित्तीय संस्थाको संस्थापकहरुबाट तत्काल चुक्ता पुँजी १० करोड ७८ लाख रुपैयाँ रहेको छ। 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६७ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नेशनल माइक्रोफाइनान्स

नेशनल माइक्रोफाइनान्सको अहिलेको अवस्थामा एकदमै राम्रो कम्पनीको रुपमा देखिन्छ। सूचक र मार्केटको मूल्यको आधारमा पनि कम्पनी सेयरधनीहरूका लागि आकर्षक देखिन्छ। अहिलेको मूल्य २३०७ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्ताको मूल्यको कुरा गर्दा सबैभन्दा उच्च ३८७६.९० रुपैयाँसम्म कारोबार भएको थियो न्यूनतम १७४५ रुपैयाँ रहेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी ६८.४४ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो ३३.७१ प्रतिशत रहेको छ। बुकभ्यालु २२७.७५ रुपैयाँ रहेको छ। गतवर्षको नाफाबाट लगानीकर्तालाई ५० प्रतिशत लाभांश दिएको थियो।  

कम्पनीको विगतका वर्षहरूमा राम्रो लाभांश दिँदै आएको छ। कम्पनीले ८० प्रतिशतसम्म लाभांश दिएको थियो। अब पनि कम्पनी ५० प्रतिशत लाभांश दिने निश्चित रहेको छ। 

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ४० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ करोड ५८ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.६३ प्रतिशत बढेको छ अन्य सञ्चालन आम्दानी ३०.८४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २८.२५ प्रतिशत र सञ्चालन मुनाफा २७.५३ प्रतिशत बढेको छ।

जीवन विकास लघुवित्त कम्पनी

जीवन विकास लघुवित्त कम्पनी पनि गतवर्ष मात्रै साधारण सेयर दिएर दोस्रो बजारमा कारोबारमा आएको आकर्षक कम्पनी हो। कम्पनीको वित्तीय सूचकका हिसाबले सेयरधनीहरूलाई लाभादायी नै हुने देखिन्छ। 

कम्पनीको दोस्रो बजारमा मूल्य २७४० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्ताको मूल्यको कुरा गर्दा सबैभन्दा उच्च ५५१६ रुपैयाँसम्म कारोबार भएको थियो न्यूनतम ८९०रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ७५.६० रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो ३६.२४ प्रतिशत रहेको छ।

बुकभ्यालु २४९.०९ रुपैयाँ रहेको छ। गतवर्षको नाफाबाट  लगानीकर्तालाई ७३ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले यसवर्ष पनि ६० देखि ८० प्रतिशतसम्म लाभांश दिने निश्चत रहेको छ।  जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ मा  ७८ करोड  ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशत बढी हो।  
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशत बढेको छ। अन्य सञ्चालन आम्दानी ६.१६ प्रतिशत रहेको छ। लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ११२.९६ प्रतिशत रहेको छ।  

फरवार्ड माइक्रोफाइनान्स

फरवार्ड माइक्रोफाइनान्स कम्पनी पनि सेयरधनीको रोजाइमा पर्दै आएको कम्पनी हो। कम्पनीले दिने लाभांश तथा अन्य सूचकका हिसाबले पनि आकर्षक मानिन्छ। कम्पनीको दोस्रो बजारमा मूल्य २६६५ रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्ताको मूल्यको कुरा गर्दा सबैभन्दा उच्च ३१५० रुपैयाँसम्म कारोबार भएको थियो न्यूनतम २००० रुपैयाँ रहेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी १००.११ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो २६.६२ प्रतिशत रहेको छ बुकभ्यालु ३१८.८३ रुपैयाँ रहेको छ। गतवर्षको नाफाबाट लगानीकर्तालाई ४२ प्रतिशत लाभांश दिएको छ। विगतमा पनि कम्पनीले ६५ प्रतिशतसम्म लाभांश दिँदै आएको छ। कम्पनीले अव दिने लाभांश पनि ७० देखि १०० प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछ। 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ७० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.१३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ कुल सञ्चालन आम्दानी २४.६४ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८४.६३ प्रतिशत बढेको छ। 

महिला लघुवित्त

गतवर्ष दोस्रो बजारमा आएको महिला लघुवित्त कम्पनी वर्षभरी हटकेकको रुपमा रहेको थियो। कम्पनीले गत वर्ष मात्रै साधारण सेयर जारी गरेको थियो। 

कम्पनीको दोस्रो बजारमा मूल्य ३८२० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो ५२ हप्ताको मूल्यको कुरा गर्दा सबैभन्दा उच्च ५४९० रुपैयाँसम्म कारोबार भएको थियो न्यूनतम ३०२९ रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी १०१.७६ रुपैयाँ रहेको छ। त्यस्तै पीई रेसियो ३७.५४ प्रतिशत रहेको छ बुकभ्यालु ३०२.२६ रुपैयाँ रहेको छ। गतवर्षको नाफाबाट लगानीकर्तालाई ५० प्रतिशत लाभांश दिएको छ। कम्पनीले यसवर्ष पनि ५० प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता राख्दछ। 

महिला लघुवित्तको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ। कम्पनीले २ अर्ब ७७ करोड ऋण प्रवाह गर्दा निक्षेप ४ अर्ब ४४ करोड रुपैयाँ संकलन गरेको छ। कम्पनीको नाफा १५ करोड रुपैयाँ गरेको छ। 

images

प्रकाशित : शनिबार, साउन २८ २०७९१०:५२

प्रतिक्रिया दिनुहोस