शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

सन् २०२३ सम्म साढे चार करोड डलर लगानी गर्दै आईएफसी 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २७ २०७९
सन् २०२३ सम्म साढे चार करोड डलर लगानी गर्दै आईएफसी 

३० हजार बढी साना–मझौला व्यवसाय (एसएमई) लाई समेट्नका लागि आईएफसीले लगानी गर्ने बताएको छ। वित्तीय समावेशिता, प्रतिस्पर्धी क्षमता तथा स्थायित्व (दिगोपना) सुधारमा लगानी केन्द्रित हुने छ। 

काठमाडौं- अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को सन् २०२३ सम्म नेपालको वित्तीय क्षेत्रमा ४ करोड ५० लाख अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। 

साना तथा मझौला व्यवसायलाई प्रबर्द्धन गर्नका लागि भन्दै आईएफसी सन् २०२२ भित्रै सो लगानी गर्ने प्रतिबद्धता जनाएको छ। 

३० हजार बढी साना–मझौला व्यवसाय (एसएमई) लाई समेट्नका लागि आईएफसीले लगानी गर्ने बताएको छ। वित्तीय समावेशिता, प्रतिस्पर्धी क्षमता तथा स्थायित्व (दिगोपना) सुधारमा लगानी केन्द्रित हुने छ। 

आईएफसीले ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’अन्तर्गत व्यापार वित्त सुविधा (ट्रेड फाइनान्सिङ फेसेलिटी) पनि प्रदान गर्ने भएको छ। यसमा  र यसमा हरित व्यापार वित्तीयकरणको विशेष प्रावधान समावेश गरिएको छ । यो विश्वव्यापी रूपमा नै आईएफसीको पहिलो हरित वैश्विक व्यापार वित्तीयकरण कार्यक्रम हो ।

‘कोभिड–१९ महामारीले नेपाली अर्थतन्त्रको प्रमुख खम्बा साना र मझौला आकारका उद्यम/व्यवसायमा ठूलो प्रभाव पारेको छ । यी व्यवसायलाई तुरुन्तै ध्यान दिन आवश्यक रहेकोमा आईएफसीको लगानीले एसएमईमा कर्जा प्रवाह सम्भाव्य र दिगो हुन्छ भनेर देखाउन मद्दत पुग्नेछ । यसले समग्र बैंक कर्जामा वृद्धि हुने दिशातर्फ अग्रसर गराउँदै एसएमईको विस्तारमार्फत् नेपालको पुनरुत्थानलाई तीव्रता दिनेछ भन्नेमा हामी आशावादी छौं’ वित्तीय संस्था समूहका लागि आईएफसीका क्षेत्रीय उद्योग निर्देशक एलेन फर्लेमुले भनेका छन्।

यो वर्ष आईएफसीले नेपालमा तीव्र विस्तार गरिरहेको सबैभन्दा पछिल्लो वाणिज्य बैंक– सानिमा बैंकलाई २ करोड अमेरिकी डलर र मुलुकको अर्को प्रमुख वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडलाई २ करोड ५० लाख अमेरिकी डलर प्रदान गरेको छ । पछिल्लो चार वर्षमा एनएमबी बैंकमा आईएफसीको यो तेश्रो लगानी हो । यी लगानीले बैंकहरूलाई ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै सयौं एसएमईलाई लगानी गर्न र हजारौं रोजगारी सिर्जना गर्न सहज तुल्याउने आईएफसीको विश्वास छ। 


प्रकाशित : शुक्रबार, साउन २७ २०७९११:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend