शुक्रबार, साउन १ गते २०८३    
शुक्रबार, साउन १ २०८३

दोस्रो बजारको हटकेक नेपाल लाइफको खराब वित्तीय विवरण, प्रतिकित्ता २२८८ रुपैयाँ गुमाएका लगानीकर्ता मारमा

शुक्रबार, साउन २७ २०७९
दोस्रो बजारको हटकेक नेपाल लाइफको खराब वित्तीय विवरण, प्रतिकित्ता २२८८ रुपैयाँ गुमाएका लगानीकर्ता मारमा

काठमाडौं- दोस्रो बजारको ‘हटकेक’ कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको गतवर्ष ३५ करोड २७ लाख घाटा व्यहोरेको छ। घाटासँगै कम्पनीले अर्कोवर्ष दिने लाभांशसमेत खुम्चिने छ। 

गत बुलमा ३००० रुपैयाँमा सेयर किनेका लगानीकर्ता झनै मारमा पर्नेगरी कम्पनीको वित्तीय विवरण सार्वजिनक भएको छ। गत वर्षदेखि निरन्तर घटिरहेको कम्पनीको सेयर मूल्य घटेर ७१२ रुपैयाँमा आइपुगेको छ। कम्पनीका लगानीकर्ताले अहिलेसम्म प्रतिकित्ता २२८८ रुपैयाँ गुमाइसकेका छन्। कम्पनीको वित्तीय विवरणले झनै सेयर मूल्य घटाउने देखिएको छ। 

कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँमा पुगेको छ। कम्पनीको बजार पुँजीकरण ५८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। इन्स्योरेन्सले ३५ करोड २७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क भने ९.४४ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सले सो अवधिसम्ममा जीवन बीमा धितोबापत २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गरेर २ अर्ब ३८ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ।

असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४.३० रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३.८२ रुपैयाँ रहेको छ।


प्रकाशित : शुक्रबार, साउन २७ २०७९०९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend