बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई

बिहीबार , साउन २६ २०७९
अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई

काठमाडौं- अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाएका छन्। राजस्व सचिवको जिम्मेवारीमा रहेका पुष्करलाई आज बसेको मन्त्रिपरिषद्ले अर्थसचिवका रुपमा पदस्थापन गर्ने निर्णय गरेको छ। 

यसअघिका अर्थसचिव मधुकुमार मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि राजस्व सचिव रहेका पुष्करलाई अर्थसचिवका रुपमा काम गर्न जिम्मेवारी दिइएको थियो। 

सामान्यतया अर्थ प्रशासनकै कर्मचारीलाई सचिव बनाउने प्रचलन भए पनि सरकारले पुष्करलाई अर्थसचिव बनाएको छ। अख्तियार, वैदेशिक रोजगार विभाग तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा काम गरेको अनुभव भएका पुष्कर पछिल्लो एक वर्षदेखि अर्थ मन्त्रालयमा राजस्व सचिवका रुपमा कार्यरत छन्। 

राजस्व सचिव हुँदा अर्थमन्त्री जनार्दन शर्मासँग राम्रो सम्बन्ध नभए पनि तत्कालीन अर्थसचिव मरासिनीसँग मन्त्रको सम्बन्ध बिग्रिएपछि पुष्कर नजिकिएका थिए। 

अर्थ प्रशासनको अनुभव भएका वरिष्ठ सचिवलाई अर्थमा लिने अनुमान भए पनि अन्तत: पुष्करले बाजी मारेका छन्।


प्रकाशित : बिहीबार , साउन २६ २०७९१५:२८
  • सम्बन्धित विषय:

  • # अर्थ मन्त्रालय
  • # अर्थसचिव
  • # राजस्व सचिव


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend