शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

कार्यकर्ता पोस्न ल्याइएको '१० हजार वितरण कार्यक्रम' रोकियो, अर्थमन्त्रीले पेश गरेको कार्यविधि नै अस्वीकृत

images
images
images
कार्यकर्ता पोस्न ल्याइएको '१० हजार वितरण कार्यक्रम' रोकियो, अर्थमन्त्रीले पेश गरेको कार्यविधि नै अस्वीकृत

सरकारले प्रतिस्थापन विधेयकमार्फत कार्यकर्ता पोस्न ल्याएको '१० हजार रुपैयाँ वितरण कार्यक्रम' तत्काल लागू नहुने भएको छ। 

images
images

काठमाडौं- सरकारले प्रतिस्थापन विधेयकमार्फत कार्यकर्ता पोस्न ल्याएको '१० हजार रुपैयाँ वितरण कार्यक्रम' तत्काल लागू नहुने भएको छ। 

images
images
images

अर्थमन्त्री जनार्दन शर्माको विशेष जोडवलमा गरिब घरपरिवारलाई १० हजार रुपैयाँ वितरण गर्ने कार्यक्रम प्रतिस्थापन विधेयकमार्फत ल्याइएको थियो। 

images

बिहीबार अर्थमन्त्री शर्माले मन्त्रिपरिषद्‍मा १० हजार रुपैयाँ वितरणको कार्यविधि पेश गरेका थिए। उक्त कार्यविधि अस्वीकृत भएको हो। मन्त्रिपरिषद्ले कार्यविधि अपूरो भएको र लक्षित वर्ग भनेर यकीन गर्ने कुरा उल्लेख नभएको भन्दै फिर्ता गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। 

images

प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत जानकारी नदिइ उक्त कार्यक्रम राखिएको भन्दै कांग्रेस निकट अर्थशास्त्रीहरूले विरोध समेत गरेका थिए। कांग्रेसका पूर्वअर्थमन्त्रीहरुले गरिबको नामका कार्यकर्तालाई पैसा बाँड्न लागिएको भन्दै विरोध गर्दै आएका छ्न्। 

images
images

अर्थमन्त्री शर्मा भने कार्यविधि पास गराएर दसैँअघि नै प्रतिपरिवार १० हजार बाँड्ने योजनामा रहेका थिए। 

अर्थ मन्त्रालयले पैसा बाँड्नेसम्बन्धी कार्यविधि तयार गरेर मन्त्रिपरिषदमा पेश गरेको थियो। तर मन्त्रिपरिषदको बिहीबारको बैठकले कार्यविधिले कोभिड १९ बाट रोजगारी गुमाएको आधार स्पष्ट गर्न नसकेको र उक्त योजना स्पष्ट नभएको भन्दै अर्थ मन्त्रालयमै फर्काइदिएको छ। 

’अर्थमन्त्रीले जसरी पनि दसैँ अगाडि पैसा बाँड्नुपर्छ भनेर यसमा जोडबल गर्नुभएको थियो,’ स्रोतले भन्यो, ’कार्यविधि पूर्ण नभएको, वास्तविक लाभग्राही पहिचान गर्न सक्ने आधार नभएको र अर्थमन्त्रालयकै गृहकार्य नपुगेको भनेर मन्त्रिपरिषदले फर्काएको छ।’ 

चालु आर्थिक वर्षको विनियोजन अध्यादेशको प्रतिस्थापन विधयेक प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यो योजना अघि बढाएका थिए। सरकारले करिब ५ लाख परिवारलाई यो रकम बाँड्ने योजना बनाएको छ।

कार्यविधि पास हुनासाथ बैंक खाता खुलेका परिवारका सदस्यको नाममा प्रक्रिया पूरा गरी अनुदान पठाउने तयारी थियो। सरकारले घोषणा गरेको यो कार्यक्रममा ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान समेत गरिएको छ। 

यो पनि-

मतदाता रिझाउन ढुकुटीमा भ्वाङ
कार्यकर्ता पोस्न ढुकुटी रित्याउँदै अर्थमन्त्री, श्रम समूह र सहकारीका नाममा बाँड्दैछन् १० करोड 

images

प्रकाशित : शुक्रबार, असोज १५ २०७८०९:१५

प्रतिक्रिया दिनुहोस